सुत्केरीको मृत्यु भएपछि प्रसूति गृहमा तोडफोड « Khabarhub

सुत्केरीको मृत्यु भएपछि प्रसूति गृहमा तोडफोड


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-थापाथलीस्थित प्रसूती गृहमा सुत्केरी गराउन लगिएकी आमा र बच्चाको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको छ ।

सुत्केरी गराउन प्रसूति गृह भर्ना भएकी नुवाकोट दुप्चेकी ३८ वर्षीया कल्पना तामाङको मृत्यु भएको छ । अस्पतालको हेलचेक्रयाइका कारण आमाको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने बताउँदै मंगलबार भर्ना गरेको तर एकैपटक बुधबार अस्पतालले मृत घोषणा गरेको आफन्तको आरोप छ । तनाव बढेपछि अस्पतालमा प्रहरी परिचालन गरिएको छ।

समस्या समाधानका लागि अहिले अस्पताल प्रशासन र आफन्तबीच वार्ता भइरहेको छ । अस्पतालले बच्चाको अवस्था पनि जानकारी नगराएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १ : ५० बजे

स्थानीय तह निर्वाचन : माओवादीबाट ५ हजार ४५ जना जनप्रतिनिधि निर्वाचित 

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का ५ हजार ४५ जना जनप्रतिनिधि

मन्त्रिपरिषद्‍बाट बजेट पारित

काठमाडौँ- सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ

नीर भन्छन् ,’फेस्टिभल मुडमा आन्दोलित हुने समय हो’

काठमाडौँ– वरिष्ठ फिल्मकर्मी नीर शाहले नेपाली फिल्मलाई अगाडि बढाउन वा

परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने घटे    

काठमाडौं- चालु आर्थिक वर्षमा परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ताको सङ्ख्या

तारा एयरले भन्यो- हराएको विमान उद्धारका लागि तीन ठाउँमा हेलिकोप्टर स्ट्यान्डबाई  

काठमाडौँ- तारा एयरले सम्पर्कविहीन भएको जहाज खराब मौसमका कारण खोजी