सीके राउतको जीवनीमा फिल्म बन्ने, छठमा रिलिज गरिने | Khabarhub Khabarhub

सीके राउतको जीवनीमा फिल्म बन्ने, छठमा रिलिज गरिने


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा‍‍‌. सीके राउतको जीवनीमा आधारित फिल्म ‘डा. सीके राउत’ निर्माण हुने भएको छ । यो फिल्म ५० प्रतिशत सीके राउतको जीवनीमा आधारित हुनेछ भने ५० प्रतिशत काल्पनिक हुने निर्माण टिमले जनाएको छ ।

बुधबार राजधानीको ‘क्युज सिनेमा’मा आयोजित कार्यक्रममा फिल्मबारे जानकारी दिइयो । टिजर समेत सार्वजनिक गरिएको यो फिल्म आउँदो छठमा रिलिज हुने जनाइएको छ । कार्यक्रममा आधाभन्दा बढी सीके राउतका पार्टीका कार्यकर्ताहरु उपस्थित थिए ।

माँ राधिका इन्टरनेशनल मुभिजले चलचित्र निर्माण घोषणा गर्दै केक काट्यो । कार्यक्रममा सीके राउत पनि उपस्थित थिए । उनले यो फिल्मले दर्शकले आफ्नो बारेमा बुझ्न भूमिका खेल्ने प्रतिक्रिया दिए ।

फिल्मलाई सन्तोष साहले निर्देशन गर्नेछन । भोजपुरी चलचित्रका सुपर पावर भनेर चिनिएका परदेशी शाहले डा. सिके राउतको भूमिका निभाउने भएका छन् । परदेशीले पर्दामा सीके राउतको भूमिका निभाउन कुनै कसर बाँकी नराख्ने बताए ।

यस्तै चलचित्रमा परदेशीका अलावा धुर्ब कोइराला,पुकार भट्टराई,बिशाल पहाडी, किरण थापा लगाएतका कलाकारको मुख्य अभिनय रहने जनाइएको छ ।

फिल्मलाई पवन गौतमले छायांकन गर्नेछन् भने रेवन्त बिक्रम थापाको द्वन्द निर्देशन रहने छ । चलचित्रमा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ। यो चलचित्र नेपाली, भोजपुरी र हिन्दी भाषामा निर्माण हुने र अङ्ग्रेजी उपशीर्षक समेत राखिने जनाइएको छ । झण्डै डेढ करोडको लागतमा फिल्म बन्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  २ : ०० बजे

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू