एनिमेशन स्टुडियोमा लगाइएको आगोमा परेर जापानमा १० जनाको मृत्यु | Khabarhub Khabarhub

एनिमेशन स्टुडियोमा लगाइएको आगोमा परेर जापानमा १० जनाको मृत्यु


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको क्योटो शहरस्थित एक एनिमेशन स्टुडियोमा अज्ञात व्यक्तिले आगो लगाउँदा १० जनाको मृत्यु भएको छ ।

आगलागीमा परेर अन्य दर्जनौं व्यक्ति घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय प्रहरीका प्रवक्ताले समाचार संस्था एएफपीलाई बताएअनुसार बिहीबार बिहान एक व्यक्तिले प्रज्वलनशील तरल पदार्थ छर्केर आगो लगाएका थिए ।

प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका समाचारमा स्थानीय समयानुसार विहान १०:३० बजे ती व्यक्तिले स्टुडियोमा आगो लगाएका उल्लेख छ ।

अग्नी नियन्त्रकहरुले अझै पनि ३० जनाभन्दा बढी व्यक्ति आगोमा फेसका हुनसक्ने आशंका गरेका छन् । ‘आगलागीमा परेका सबैलाई हामी बाहिर ल्याउन प्रयासरत छौं,’ अग्नी नियन्त्रण विभागका प्रवक्ताले समाचार संस्था एएफपीसँग भनेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १२ : १४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन