भीभीआईपीको भ्रमणका नाममा राज्यकोषको २४ करोड ‘स्वाहा’ | Khabarhub Khabarhub

भीभीआईपीको भ्रमणका नाममा राज्यकोषको २४ करोड ‘स्वाहा’



काठमाडौँ– अघिल्लो आर्थिक वर्षको ११ महिनामा सरकारका उच्चपदस्थ अधिकारीहरुको विदेश भ्रमणका लागि झण्डै २४ करोड रुपैयाँ राज्यकोषबाट खर्च भएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७५ असारदेखि २०७६ जेठसम्ममा सरकारका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुको विदेश भ्रमणका नाममा २३ करोड ९ लाख ५५ हजार २ सय ४४ रुपैयाँ खर्च भएको हो ।

सरकारी तथ्याङ्कअनुसार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव सबैभन्दा धेरै ५ पटक विदेश भ्रमणमा निस्केका छन् ।

दोस्रो नम्बर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ४ पटक, प्रधानमन्त्री केपी शर्मा ओली चार पटक, स्वास्थ्यमन्त्री उपेन्द्र यादव चार पटक अर्थमन्त्री डाक्टर युवराज खतिवडा नेतृत्वको प्रतिनिधिमण्डल ३ पटक विदेश भ्रमण गरेका छन् ।

कृषिमन्त्री वलदेव शर्मा एक पटक, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट एक पटक, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चारपटक, वनमन्त्री शक्ति बस्नेत दुई पटक, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा ३ पटक, सामान्य प्रशासनमन्त्री लालवावु पण्डित दुई पटक, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा दुई पटक, अहिले भूमि व्यवस्था तथा सहकारी मन्त्रीको रुपमा रहेकी पद्मा अर्याल एकपटकर रक्षामन्त्री इश्वर पोखरेलले दुईपटक विदेश भ्रमण गरेको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

राष्ट्रपतिको भ्रमणमा सबैभन्दा धेरै खर्च

सरकारी तथ्याङ्अनुसार राष्ट्रपतिको अमेरिका, चीन र पोल्याण्ड भ्रमणमा मात्रै ७ करोड ९३ लाख ३८ हजार ४ सय १७ रुपैया खर्च भएको छ । राष्ट्रपति नेतृत्वको नेपाली प्रतिनिधिमण्डलका लागि चीन भ्रमणमा ३ करोड ९ लाख ५५ हजार ६ सय ३३ रुपैयाँ खर्च भएको छ ।

त्यस्तै अमेरिका भ्रमणका लागि एक करोड ६२ लाख १५ हजार ३ सय ४४ रुपैया, पोल्याण्ड भ्रमणका लागि २ करोड १ लाख ४२ हजार ६ सय ६५ रुपैया कतार भ्रमणका लागि एक करोड २० लाख २४ हजार ७ सय ७५ रुपैया खर्च भएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणका लागि ९ करोड ८३ लाख १७ हजार १ सय ८९ रुपैया खर्च भएको छ । प्रधानमन्त्री ओलीले भियतनाम र कम्बोडिया भ्रमणका लागि २ करोड १२ लाख ८५ हजार २६ रुपैया, जेनेभा भ्रमणका लागि एक करोड ८१ लाख ३५ हजार ७ सय २६ रुपैया, अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७३ औँ महासभा र कोस्टारिका भ्रमणका लागि ४ करोड ३७ लाख ८० हजार ९ सय ८० रुपैया र चीन भ्रमणका लागि एक करोड ५१ लाख १ हजार ४ सय ५७ रुपैया खर्च गरेका हुन् ।

सबैभन्दा बढी विदेश जाने मातृका यादव

अर्थ मन्त्रालयका अनुसार मन्त्रीहरुमध्ये सबैभन्दा धेरै विदेश भ्रमण गर्ने मन्त्रीहरुमा मातृका यादव देखिएका छन् । उनले एक वर्षमा भारतसहित विभिन्न ५ वटा देशहरु भ्रमण गरेका छन् । दुबई र बहराइन जाँदा भ्रमणमा ८ लाख ३८ हजार ९ सय ३८ रुपैया, वेइजिङ जाँदा ५ लाख ३९ हजार १ सय ५६ रुपैया, दिल्ली भ्रमणका लागि २ लाख ६६ हजार ६ सय ५१ रुपैया, अर्कोपटक भारत भ्रमणमा जाँदा २ लाख ४२ हजार ३ सय ६१ रुपैया र चाइना एक्स्पोमा सहभागी हुन जाँदा ४ लाख ८० हजार ६ सय ३३ रुपैयाखर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्मा उल्लेख छ ।

इश्वर पोखरेलको अमेरिका भ्रमणमा ९ लाख ५५ हजार २ सय ४५ खर्च भएको छ भने बेइजिङ फोरमका सहभागी हुन पोखरेल चीन जाँदा १३ लाख ४ हजार १० रुपैया खर्च भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अमेरिका भ्रमणका लागि १८ लाख ७० हजार ३ सय ९० रुपैया, मानवअधिकार परिषद्को बैठकमा सहभागी हुन जेनेभा जाँदा ४४ लाख ४१ हजार ७ सय ६७ रुपैया, दोस्रोपटक अमेरिका भ्रमणका लागि २६ लाख ४१ हजार ८ सय २८ रुपैया र आणविक उर्जा संगठनको महासभामा भाग लिन भियना भ्रमणमा जाँदा ४१ लाख २९ हजार ५ सय २४ रुपैयाँ खर्च भएको छ ।

त्यसबाहेक गत बैशाखमा कानून आयोगका अध्यक्ष माधव पौडेल जाम्बिया जाँदा १५ लाख १६ हजार ४ सय ३२ र कानून सचिवको अमेरिका भ्रमणमा १३ लाख ९१ हजार ४ सय ६० रुपैयाँ खर्च भएको छ ।

चैत २५ र २६ गते खेलकुदमन्त्रीको अमेरिका भ्रमणका लागि ६ लाख ४८ हजार १ सय ९१ रुपैयाँ, अन्तराष्ट्रिय अवार्ड ग्रहणका लागि भारत भ्रमणमा जाँदा १ लाख ८९ हजार ६ सय ८० रुपैयाँ र एन्टिडोपिङको मन्त्रीस्तरीय छलफलका लागि श्रीलंका भ्रमणमा जाँदा ६ लाख २८ हजार ९ सय २५ रुपैयाँ खर्च भएको छ ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटाको स्पेन र फ्रान्सको भ्रमणका लागि २६ लाख १० हजार ९ सय ८४ रुपैया, दिल्ली, दुबई, जर्मनी र स्विटजरल्याण्ड भ्रमणका लागि १९ लाख २७ हजार ६ सय ६३ रुपैया र ट्याक्सी खर्चबापत् १९ हजार ७ सय २० रुपैयाँ खर्च भएको छ ।

कृषिराज्यमन्त्रीको इटाली भ्रमणका लागि ८ लाख ८० हजार १ सय १९ रुपैयाँ खर्च गरेको सरकारले नेपाल भारत कृषिमा साझेदारीता कार्यक्रमका लागि भारत गएका वलदेव शर्माका लागि ५ लाख ५८ हजार ८ सय ३५ रुपैयाँ खर्च गरेको छ ।

राष्ट्रिय सूचना आयोगका दुईजना आयुक्तहरुको दक्षिण अफ्रिका भ्रमणका लागि ८ लाख ५१ हजार ३ सय ५० रुपैयाँ खर्च गरेको सरकारले मुख्यसचिवको इजरायल र इजिप्ट भ्रमणका नाममा १३ लाख ५६ हजार ३ सय ५५ रुपैयाँ खर्च गरेको छ ।

वनमन्त्री शक्ति बस्नेतको दोहा भ्रमणको खर्च ७ लाख ४ हजार २ सय ७३ रुपैयाँ खर्च गरेको सरकारले स्वास्थ्मन्त्री उपेन्द्र यादवको दुईपटक भएको भारत भ्रमणका लागि ३ लाख ३९ हजार ५ सय ३७ रुपैयाँ, मेन्टल हेल्थको मन्त्रीस्तरिय सम्मेलनका लागि बेलायतको लण्डन भ्रमणका लागि ५ लाख ४ हजार ३ सय ११ रुपैयाँ, काजकस्तान र स्विटजरल्याण्ड भ्रमणका लागि १३ लाख ६३ हजार २ सय ७२ रुपैयाँ र वर्तमान सरकारमा भूमि व्यवस्था तथा सहकारीमन्त्रीका जिम्मेवारीमा रहेकी पद्मा अर्याल स्वास्थ्मन्त्री हुँदा विश्वस्वास्थ्य संघको ७१ औँ महासभामा जेनेभा भ्रमणका लागि ७ लाख १७ हजार ६ सय ५६ रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै अर्थमन्त्री नेतृत्वको भ्रमण टोलीले विभिन्न देश भ्रमणका लागि नाममा ३७ लाख ५ हजार ९ सय ३१ रुपैयासहित अर्थ मन्त्रालयका पदाधिकारीको भ्रमणका नाममा १६ लाख १६ हजार ४ सय रुपैयाँ खर्च गरेको छ ।

सामान्य प्रशासनमन्त्री लालवावु पण्डितको दुबई भ्रमणका लागि ५ लाख ५६ हजार २ सय ८० रुपैयाँ र वेस्टर्न चाइना फेयरमा सहभागी हुन चीन जाँदा ३ लाख ४३ हजार ९ सय २० रुपैयाँ खर्च गरेको सरकारले एसियन अफ्रिकन लिगल कन्सलटेसनको ५७ औ अधिवेशनका लागि कानूनमन्त्रीको जापान भ्रमणका नाममा १३ लाख ८१ हजार ४ सय २२ रुपैयाँ खर्च गरेको छ ।

महिला वालवालिका तथा समाज कल्याणमन्त्री थममाया थापाको ऋभ्म्ब्ध् को जेनेभामा भएको सम्मेलनका लागि १३ लाख ६३ हजार २ सय ७२ रुपैयाँ खर्च गरेको छ । त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट श्रम सम्मेलनमा जेनेभा जाँदा २५ लाख १७ हजार छ सय रुपैयाँ गत आर्थिक वर्षको ११ महिनामा राज्यकोषबाट खर्च भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १२ : ०४ बजे

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले