परीक्षाको अघिल्लो दिन लोक सेवाको कार्यालय अगाडि विरोध प्रदर्शन | Khabarhub Khabarhub

परीक्षाको अघिल्लो दिन लोक सेवाको कार्यालय अगाडि विरोध प्रदर्शन


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकसेवा आयोगले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोक सेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन भएको छ ।

स्थानीय तहका लागि भन्दै गत असारमा लोक सेवाले ९ हजार १ सय ३२ पदका लागि आवेदन माग गरेको थियो जसको परीक्षा साउन ३ (भोलि) बाट शुरु हुँदैछ । आयोगको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विभिन्न संघ संस्थाले विरोध गर्दै आएका छन् ।

त्यसै क्रममा उनीहरुले परीक्षाको पूर्वसन्ध्यामा आयोगको केन्द्रीय कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका कारण केहीबेर अनामनगरको बाटो अवरुद्धसमेत भएको थियो । प्रदर्शनकारीलाई प्रहरीले सामान्य वल प्रयोग गरी हटाएको थियो ।

लोक सेवा आयोगले असारमा विभिन्न स्थानीय निकायले माग गरे बमोजिम भन्दै ९ हजार भन्दा बढी पदका लागि आवेदन माग गरेको थियो ।

तर, माग गरिएको आवेदन समावेशीताको मर्म विपरित भएको भन्दै विभिन्न संघसंस्थाले विरोध गर्दै आएका छन् ।

लोकसेवाको विज्ञापन समावेशी समानुपातिक नभएको भन्दै सर्वोच्चमा रिट समेत परेको थियो । तर सर्वोच्च अदालतले विज्ञापन खारेज गर्नुपर्ने कारण नरहेको भनेसँगै लोकसेवालाई परीक्षा गर्नका लागि बाटो खुला भएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ११ : २९ बजे

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच