जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त सेनाको ब्यारेकमा लेखापाल ! | Khabarhub Khabarhub

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त सेनाको ब्यारेकमा लेखापाल !


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– १ वर्ष अगाडि एउटा युवतीमाथि बलात्कार गरी भागेका भनिएका व्यक्ति नेपाली सेनाको ब्यारेकमा लेखापालका रुपमा कार्यरत रहेको पाइएको छ ।

पर्सा प्रहरीले १ साउन २०७४ मा भएको बलात्कार घटनाका अभियुक्तलाई सेनाकै ब्यारेकबाट पक्राउ गरेको छ । वीरगन्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणमा लेखापालको रुपमा कार्यरत दुर्गा तिमिल्सिना जबरजस्ती करण (बलात्कार) मुद्दामा पक्राउ परेका हुन् ।

उनीविरुद्ध जबरजस्ती करणीको उजुरी परेपनि उनी फरार थिए । प्रहरीले अनुसन्धान गर्दा उनी नेपाली सेनामा कार्यरत रहेको पाइएपछि पक्राउ गरेको हो ।

पक्राउ परेका तिमिल्सिनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ११ : १४ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र