रुपन्देहीका सडकमा राखिएका पाँच वटा वुद्ध मूर्ति तोडफोड | Khabarhub Khabarhub

रुपन्देहीका सडकमा राखिएका पाँच वटा वुद्ध मूर्ति तोडफोड


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखिएका वुद्ध भगवानका मूर्ति तोडफोड गरिएको छ ।

बिहीवार विहान मूर्ति तोडफोड अवस्थामा फेला परेको तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेले बताए । मेयर घिमिरेका अनुसार मूर्ति तोडफोड गर्नेहरुको खोजी भइरहेको जनाए ।

‘धर्ममाथिको आक्रमण जस्तो देखिएको छ, बुद्धको मूर्ति यहाँको पहिचान झल्काउनका लागि राखिएको थियो’ उनले भने ,’पहिचान मेटाउने कुत्सित मनसाय भएकाले घटना घटाएको हुन सक्छ।’

रुपन्देहीको सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयामिलसम्म रहेका ५ वटा बुद्धमूर्ति तोडफोड भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

गौतम वुद्धको जन्म स्थान लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा ६ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो । जसमध्ये पाँच मुर्तिमा क्षति पुगेको छ ।

एउटा मूर्ति राख्नका लागि ५० देखि ६० हजार खर्च भएको र ६ वटा मूर्ति राखिएको मेयर घिमिरेले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ११ : ०० बजे

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लोकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन