सिद्धिचरण लोकमार्ग अझै खुल्न सकेन | Khabarhub Khabarhub

सिद्धिचरण लोकमार्ग अझै खुल्न सकेन


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुर जिल्लाको कटारी हुँदै बेतिनी, घुर्मी भएर खोटाङ–ओखलढुङ्गासम्म जोड्ने सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–८ ठाँटीमा अवरुद्ध भएको सडकको ट्र्याक समयमा खुल्न नसक्दा अहिले यस क्षेत्रमा यातायात सञ्चालनमा समस्या हुँदै आएको छ ।

एक हप्ताअघि आएको अविरल वर्षाका कारण सिद्धिचरण लोकमार्गअन्तर्गत कटारीको बेतिनीस्थित ठाँटीमा पहिरोले सडक पुरिएपछि अहिले अर्को नयाँ ट्र्याक खोल्न निकै जटिल बनेका कारण समयमा सो मार्ग खुल्न नसकेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।

पुरानो सडक सबै भत्किएर झरेको र केही भाग पहिरोले पुरिएपछि अहिले सडक डिभिजन कार्यालय सिरहा लाहानको दुई डोजरले सडकको नयाँ ट्र्याक खोल्न शुरु गरेका कारण सो क्षेत्रमा समयमा सडक खुल्न नसकेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए ।

एक हप्ताभन्दा लामो समयदेखि यस क्षेत्रमा सडक अवरुद्ध भएपछि अहिले कटारीदेखि बेतिनी घुर्मीसम्म यातायातका साधन आवतजावत गर्न कठिनाइ हुनपुगेको छ भने ओखलढुङ्गा तथा खोटाङ क्षेत्रसँग समेत यातायातको सम्पर्क टुट्न पुगेको कटारीका यातायात व्यवसायी जीवन मगरले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १० : ४३ बजे

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा