‘सारेगमप लिटिल च्याम्प’मा चौथो बनेका आयुषले गाउने भए चलचित्रको गीत | Khabarhub Khabarhub

‘सारेगमप लिटिल च्याम्प’मा चौथो बनेका आयुषले गाउने भए चलचित्रको गीत


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतकै ठूलो गायन रियालिटी शो सारेगमप लिटिल च्याम्पमा चौथो स्थान हात पार्न सफल आयुष केसीले चलचित्रको गीत गाउने भएका छन् ।

उनले विकासराज आचार्यको निर्देशनमा तयार भईरहेको चलचित्र ‘हजार जुनीसम्म’को टाइटल गीतमा गाउने भएका हुन् ।

उनले गाएको गीतमा बाल कलाकार अनुभव रेग्मीको अभिनय रहनेछ । चलचित्रमा अनुभवसँगै आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, संचिता लुइँटेल, सलोन बस्नेत, अखिलेष प्रधान, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय छ ।

हजार जुनीसम्म’मा समावेश ‘एमजी रोडैमा’ र ‘आज नगद भोली उधारो’बोलको गीत यसअघि नै सार्वजनिक भैसकेका छन् । चलचित्रमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ ।

कविता रेग्मी चलचित्रकी कार्यकारी निर्माता हुन् भने विशाल चाम्लिङ निर्माता हुन् । चलचित्र आउँदो भदौ ६ गतेबाट प्रदर्शनमा आउनेछ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ७ : ४२ बजे

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन 

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।