नेपाली युवकले केटी भगाएको भन्दै अछाम पुग्यो भारतीय प्रहरी | Khabarhub Khabarhub

नेपाली युवकले केटी भगाएको भन्दै अछाम पुग्यो भारतीय प्रहरी


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली युवकले भारतीय केटी भगाएर ल्याएको भन्दै भारतको छत्तिसगढ राज्यको प्रहरीका ३ जना कर्मचारी अछाम पुगेका छन् ।

छत्तिसगढ राज्यको दिपिका थाना, कोरबाका ३ जना प्रहरी सादा पोसाकमा अछाम पुगेका हुन् । अछाम पुग्नेमध्ये छत्तिसगढ प्रहरीका सब–इन्सपेक्टर (सई) अशोक पाण्डे, हवल्दार खगेश राठोर र जवान लक्ष्मी पटेल छन् ।

उनीहरु अहिले जिल्ला प्रहरी कार्यालय अछाममा रहेका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अछामका केशव सोनीले आफ्नी १५ वर्षीया छोरी भगाएर लगेको भन्दै छत्तिसगढ राज्यको कोरबा जिल्लाअन्तर्गत शान्तिनगर–७ की ३८ वर्षीया उर्मिला राठेरले स्थानीय प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनले आफ्नी १५ वर्षीया छोरी कुमार काजल राठोरलाई केशवले भगाएर लगेको उजुरीमा उल्लेख गरेकी थिइन् । सोही उजुरीका आधारमा साधा पोसाकमा रहेको भारतीय प्रहरी अछाम पुगेको हो ।

प्रहरीका अनुसार सादा पोसाकमा आएको भारतीय प्रहरी अनुमतिविनै अछाम पुगेको हो ।अहिले उनीहरु अछाम प्रहरी कार्यालयमा छन् ।

यद्यपि उनीहरुलाई नियन्त्रणमा भने नलिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिने या नलिने सम्बन्धमा प्रहरी प्रधान कार्यालयको निर्देशन पर्खिरहेको जिल्ला प्रहरी कार्यालय अछामका अधिकारीले जानकारी दिएका छन् ।

केशव र उनले भगाएर ल्याएकी भनिएकी १५ वर्षीया कुमार काजल राठोरलाई पनि जिल्ला प्रहरी कार्यालयमा झिकाइएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा छलफल चलिरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ११ : ४९ बजे

हात्तीपाइलेविरुद्ध साझा अभियान

महोत्तरी– मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका

कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति

टीकापुर– कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा