नेपाली युवकले केटी भगाएको भन्दै अछाम पुग्यो भारतीय प्रहरी « Khabarhub

नेपाली युवकले केटी भगाएको भन्दै अछाम पुग्यो भारतीय प्रहरी


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली युवकले भारतीय केटी भगाएर ल्याएको भन्दै भारतको छत्तिसगढ राज्यको प्रहरीका ३ जना कर्मचारी अछाम पुगेका छन् ।

छत्तिसगढ राज्यको दिपिका थाना, कोरबाका ३ जना प्रहरी सादा पोसाकमा अछाम पुगेका हुन् । अछाम पुग्नेमध्ये छत्तिसगढ प्रहरीका सब–इन्सपेक्टर (सई) अशोक पाण्डे, हवल्दार खगेश राठोर र जवान लक्ष्मी पटेल छन् ।

उनीहरु अहिले जिल्ला प्रहरी कार्यालय अछाममा रहेका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अछामका केशव सोनीले आफ्नी १५ वर्षीया छोरी भगाएर लगेको भन्दै छत्तिसगढ राज्यको कोरबा जिल्लाअन्तर्गत शान्तिनगर–७ की ३८ वर्षीया उर्मिला राठेरले स्थानीय प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनले आफ्नी १५ वर्षीया छोरी कुमार काजल राठोरलाई केशवले भगाएर लगेको उजुरीमा उल्लेख गरेकी थिइन् । सोही उजुरीका आधारमा साधा पोसाकमा रहेको भारतीय प्रहरी अछाम पुगेको हो ।

प्रहरीका अनुसार सादा पोसाकमा आएको भारतीय प्रहरी अनुमतिविनै अछाम पुगेको हो ।अहिले उनीहरु अछाम प्रहरी कार्यालयमा छन् ।

यद्यपि उनीहरुलाई नियन्त्रणमा भने नलिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिने या नलिने सम्बन्धमा प्रहरी प्रधान कार्यालयको निर्देशन पर्खिरहेको जिल्ला प्रहरी कार्यालय अछामका अधिकारीले जानकारी दिएका छन् ।

केशव र उनले भगाएर ल्याएकी भनिएकी १५ वर्षीया कुमार काजल राठोरलाई पनि जिल्ला प्रहरी कार्यालयमा झिकाइएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा छलफल चलिरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ११ : ४९ बजे

श्रीलङ्कामा इन्धनको अभाव थप जटिल बन्दै

कोलम्बो– समयमा नै पेट्रोलियम पदार्थ खरीद् गर्न आर्थिक अभावका कारण

अमेरिकाका लागि नेपाली राजदूत खत्री र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

काठमाडौँ- अमेरिकाका लागि नेपाली राजदूत श्रीधरले राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता

एकीकृत समाजवादीले मन्त्री परिवर्तनको सूचीमा हेरफेर नगर्ने

काठमाडौं– नेकपा एकीकृत समाजवादीले मन्त्रीमा सिफारिस गरिएका व्यक्तिहरूलाई तत्काल शपथ

काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत

काठमाडौँ– नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो जिम्मेवारी

राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउँछौँ : कमल थापा

सुदूरपश्चिम– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउने निर्वाचनमा पार्टीलाई राष्ट्रिय