भूकम्पका कारण चीनमा ११ जनाको मृत्यु | Khabarhub Khabarhub

भूकम्पका कारण चीनमा ११ जनाको मृत्यु


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार राति र मंगलबार गएको २ ओटा शक्तिशाली भूकम्पका कारण दक्षिण पश्चिम चीनमा ११ जनाको मृत्यु भएको छ । भूकम्पका कारण अहिलेसम्म १ सय २२ जना घाइते भएका जनाइएको छ ।

सिन्ह्वा समाचार संस्थाका अनुसार ६ रेक्टर स्केलको पहिलो भूकम्प स्थानीय समानुसार सोमबार राति १०ः५५ मा गएको थियो । उक्त भूकम्प सिचुवान प्रदेशको यिबिन शहरको २० किलोमिटर आसपास केन्द्रविन्दू बनाएर गएको उल्लेख गरिएको छ ।

यस्तै, मंगलबार विहान फेरि ५.२ रेक्टर स्केलको अर्को भूकम्प गएको छ । मंगलबार विहानको भूकम्प पनि यिबिन शहरको १६ किलोमिटर आसपास केन्द्रविन्दू बनाएर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भूकम्पका कारण करिब ४ हजार मानिस प्रभावित भएका जनाइएको छ । भूकम्पको झट्काले दर्जनौं संरचनाहरुमा क्षति पुगेको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १० : ४४ बजे

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको