बंगलादेशको दोस्रो जितमा शाकिबको शतक | Khabarhub Khabarhub

बंगलादेशको दोस्रो जितमा शाकिबको शतक


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले वेष्ट इण्डिजलाई ७ विकेटले पराजित गरेको छ ।

टाउनटनमा सोमबार भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको व्ष्ट इन्डिजले दिएको ३२२ रनको लक्ष्य ४१.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

बंगलादेशका लागि शकिब अल हसनले अविजित रहदै १सय२४ रनको शतकीय इनिङ्स खेले । उनले ९९ बलमा १६ चौका प्रहार गरे । जारी विश्वकपमा शकिबको यो दोस्रो शतक हो ।

यस्तै अर्धशतकीय इनिङ्स खेलेका लिटोन दास आक्रामक ब्याटिङ गर्दै ९४ रनको योगदान दिए । यस्तै, तमिम इकवालले ४८ तथा सौम्य सरकारले २९ रन बनाए ।

बंगलादशविरुद्ध वेष्ट इण्डिजका आन्द्रे रसेल र ओसाने थोमसले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २१ रन बनाएको थियो ।

वेष्ट इण्डिजका लागि साई होपले ९६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इभिन लुइसले ७० तथा सिम्रन हिट्मायरले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान जासन होल्डरले ३३ रनको आक्रामक पाली खेल्दा क्रिस गेल र आन्द्रे रसेलले रनको खाता खोल्न सकेनन् ।

निकोलस पुरनले २५ तथा डरेन ब्राभोले १९ रन बनाए।

बंगलादेशका मुस्थाफिजुर रहमान र महमद सैफदिनले समान ३र३ विकेट हात पारे । यस्तै शाकिब अल हसन २ विकेट लिए ।

वेष्ट इण्डिजलाई हराएसंगै बंगलादेशले प्रतियोगितामा दोस्रो जित निकालेको छ । बंगलादेशले पनि ५ खेलबाट ५ अंक जोडेको छ । बंगलादेश पाँचौ स्थानमा समेत उक्लिएको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ८ : २० बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको