तापक्रम ४५ डिग्री, तीन दिनमा १३८ जनाको ज्यान गयो | Khabarhub Khabarhub

तापक्रम ४५ डिग्री, तीन दिनमा १३८ जनाको ज्यान गयो


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतको विहारमा तातो हावा (लु) बाट तीन दिनमा १३८ जनाको मृत्यु भएको छ। अस्पतालमा गर्मीले पीडित सयौँ बिरामी भर्ना भएका छन् ।

प्रान्तीय राजधानी पटनाको तापक्रम ४५ डिग्री सेल्सियस पुगेको छ । अत्यधिक गर्मीका कारण गयामा धारा १४४ लागू गरिएको छ । उक्त नियमअन्तर्गत ४ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा हुन प्रतिबन्ध लगाइएको छ । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सरकारी, गैरसरकारी निर्माण कार्य लगायतका काम गर्न नपाइने भएको छ ।

स्थानीय समाचारमाध्यमले जनाए अनुसार सोमबार नालन्दामा ५ र औरंगाबादमा ४ जनको लुबाट ज्यान गएको छ । आइतबार मात्रै विहारमा ११४ जनाको ज्यान गएको थियो भने शनिबार ६१ जनाको मृत्यु भएको थियो ।

गर्मीका कारण ३ सय भन्दा बढी बिरामी भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विहारमा सरकारले गर्मी प्रभावित जिल्लाहरुमा थप डाक्टर खटाउन शुरु गरेको छ । खानेपानीका ट्यांकर ठाउँठाउँमा पठाइएको छ । राज्यभरका विद्यालय बन्द गरिएका छन् ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ७ : ४६ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र