सीप प्रमाणीकरणमा विदेशबाट फर्किएका युवाले चासो देखाएनन्, दुई महिनामा साढे ४ सयको आवेदन | Khabarhub Khabarhub

सीप प्रमाणीकरणमा विदेशबाट फर्किएका युवाले चासो देखाएनन्, दुई महिनामा साढे ४ सयको आवेदन


४ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप परीक्षण र प्रमाणीकरण गरी प्रमाणपत्र दिन योजना अघि ल्याएको थियो। वैदेशिक रोजगारीबाट फर्किएका युवाले आफुले विदेशमा सिकेको परीक्षण गराउन चासो नदिएको पाइएको छ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पहिलो पटक गएको मंसिर ११ गतेदेखि मंसिर मसान्तसम्मको म्याद दिएकोमा फारम भर्नेको सख्या कम भएपछि पुस मसान्तसम्मको म्याद थपिएको थियो। तर यो अवधिमा पनि सरकारले लक्ष्य लिएको जस्तो युवा विदेशमा सिकेको सीप प्रमाणीकरण गराउन सहभागी भएका छैनन् ।

सरकारले विदेशबाट फर्किएका एक हजार जनाको सीप परीक्षण र प्रमाणीकरण गरी प्रमाणपत्र दिने भने पनि ४ सय २१ जनाले मात्रै फारम भरेको बोर्डको सचिवालयले जनाएको छ । सरकारले आवेदन खुल्ला गरेको दुई महिनामा सीप प्रमाणीकरणका लागि उत्साहजन सहभागिता देखिएको छैन।

अनौपचारिक जानकारी अनुसार ४ सय २१ जनाले फारम भरेको देखियो’ प्रवद्र्धन बोर्डको सचिवालय अन्तर्गत प्रशिक्षण तथा अध्ययन अनुसन्धान शाखाका निर्देशक ऋषिराम भुसालले बताएका छन्।

वैदेशिक रोजगारीमा गएर फर्किएका युवाले विदेशमा वर्षौं काम गर्दा पनि अनुभवको कुनै प्रमाण नपाउने भएपछि सरकारले त्यस्ता युवाको सीप परीक्षण र प्रमाणीकरण गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार  ५ : ०१ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द