मर्यादाभित्र रहेर लेखापरीक्षण गर्न लेखापरीक्षकलाई मन्त्री यादवको आग्रह | Khabarhub Khabarhub

मर्यादाभित्र रहेर लेखापरीक्षण गर्न लेखापरीक्षकलाई मन्त्री यादवको आग्रह


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पेशागत मर्यादाभित्र रहेर लेखापरीक्षण गर्न लेखापरीक्षकलाई आग्रह गरेका छन् । नेपाल अडिटर्स एसोशियसन (अडान), उपत्यका प्रदेश समितिको पाँचौ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले लेखा परीक्षणको नाममा राज्यलाई आर्थिक नोक्सानी पुर्‍याउन नहुनेमा जोड दिए ।

मन्त्री यादवले भने“आर्थिक हिसाब प्रष्ट पार्न लेखापरीक्षकको आवश्यकता छ । लेखापरीक्षण गर्दा राज्यलाई आर्थिक नोक्सानी हुने गरी ‘मुख मिलाउन’ हुँदैन ।” वास्तविक लेखापरीक्षण गरेर आर्थिक हिनामिना गर्न नदिन लेखापरीक्षकको ठूलो भूमिका रहेको औँल्याउँदै उनले लेखापरीक्षणका क्रममा हुने अनियमितता रोक्न सम्पूर्ण लेखापरीक्षक एक हुनुपर्ने बताए ।

“लेखा परीक्षणका क्रममा हुने अनियमितता रोक्ने हैसियत र सीप तपाईंहरुसँग छ, अब सरकारलाई लेखापरीक्षकको साथ चाहिएको छ”, मन्त्री यादवले भने। जनतालाई प्रभावकारी सेवा उपलब्ध गराउन आफू क्रियाशील रहेको उल्लेख गर्दै उनलेकम्पनी, उद्योग, प्रतिष्ठान दर्तालगायत कामलाई सहज बनाउन सरकाले एकल बिन्दु सेवा केन्द्र स्थापना गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ८ : ०४ बजे

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति