विश्वकप क्रिकेट : अस्ट्रेलियाले जोगाउला ट्रफी ? | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : अस्ट्रेलियाले जोगाउला ट्रफी ?



काठमाडौं – यतिबेला विश्वको ध्यान इङ्ग्ल्यान्ड र वेल्स तिर तानिरहेको छ । विश्व क्रिकेटको महाकुम्भ मेला विश्वकप क्रिकेटको १२ औं सस्करण शुरु हुन मात्रै १२ दिनमात्रै बाँकी रहँदा सरगर्मी बढ्दो छ ।

मे ३० देखि जुलाई १४ सम्म इङ्ग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वका शीर्ष १० टोलीले विश्वकप खेल्दैछन् । सहभागी टोलीलहरु अहिले विश्वकपको तयारीमा छन् ।

१० वटै टोलीहरुले आफ्नो १५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेका छन् । तर, हरेक टोलीले मे २३ सम्म आफ्नो टिमका खेलाडी हेरफेर गर्न पाउने प्रावधान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को छ ।

अहिले विश्वकपमा कुन टोलीको प्रदर्शन कस्तो रहला भन्ने जिज्ञासा आम क्रिकेट प्रशंसकको छ । यस्तैमा विभिन्न टोलीका प्रशंसकहरु आफुले समर्थन गरेको टोलीले विश्वकप जित्ने दाबी गरिरहेका छन् ।

सहभागी टोलीहरुका प्रशिक्षकदेखि खेलाडीहरुले पनि आफ्नो टोलीले विश्वकप जित्ने दाबी गरिरहेका छन् ।

विश्वकप क्रिकेटको इतिहास मात्रै ४८ वर्षको छ । जसमा क्रिकेटले विश्व भर आफ्नो प्रभाव जमाइसकेको छ । फुटबल पछिको धेरै लोकप्रिय बन्दै गएको क्रिकेटको शुरुवात पश्चिमा देशहरुबाट शुरु भएको मानिन्छ ।

सन् १९७५ देखि शुरु भएको विश्वकपका शुरुका २ संस्करण क्यारेबियन टोली वेष्ट इन्डिजले उचाले पनि त्यसयता भने अस्ट्रेलियाले विश्वकपमा आफुलाई बलियो स्थापित गरिसकेको छ ।

विश्वकप क्रिकेटको इतिहास हेर्ने हो भने अस्ट्रेलिया नै सबैभन्दा बलियो टोली देखिन्छ । जसमा अस्ट्रेलियाले विश्वकपका १२ संस्करणमध्ये ५ संस्करणको उपाधि आफ्नो पक्षमा पारिसकेको छ ।

विश्वकपको पहिलो र दोस्रो सस्करण २ वर्षको अन्तरमा भएपनि त्यसयता भने विश्वकप ४–४ वर्षको अन्तरमा आयोजना गरिँदै आएको छ । यस्तै, विश्वकपका तीन संस्करण सन् १९७५ देखि १९८३ सम्म इङ्ग्ल्यान्डमा आयोजना भएका थिए भने त्यसपछिमात्रै अन्य देशहरुलाई आईसीसीले विश्वकप आयोजनाको जिम्मा दिएको थियो ।

अस्ट्रेलियाले सन् १९८७ मा भारत र पाकिस्तानले आयोजना गरेको विश्वकपमा उपाधि उचाल्दै आफ्नो उपस्थिति बलियो बनाएको थियो । जुन खेलमा अस्ट्रेलियाले फाइनलमा इङ्ग्ल्यान्डलाई पराजित गर्दै ट्रफी उचालेको थियो भने उक्त अहिलेसम्म पनि अस्ट्रेलियाको विजेताको अभियान अन्तिम विश्वकपसम्म कायम राखेको छ ।

विश्वकपमा अस्ट्रेलियाले जुन १ मा विरिस्टोल काउन्ट्रि मैदान विरिस्टोलमा अफगानिस्तानविरुद्ध खेल्दैछ ।

७ पटक फाइनल पुगेको अस्ट्रेलियाले ५ पटक ट्रफी जित्यो

विश्वकप क्रिकेटमा अस्ट्रेलियाले सन् १९७५ मै सहभागिता जनाएको थियो । जसमा अस्ट्रेलिया उपविजेता भयो । पहिलो संस्करणमा अस्ट्रेलिया वेष्ट इन्डिजसँग १७ रनले पराजित हुँदै उपविजेतामा सीमित भएको हो ।

इङ्ग्ल्यान्डमै भएको दोस्रो र तेस्रो संस्करणमा अस्ट्रेलियाले सहभागी टोलीका रुपमा चित्त बुझाउनु पर्यो ।

तर, चौथो सस्करणमा भारत र पाकिस्तानमा भएको प्रतियोगितामा इङ्ग्ल्यान्डलाई फाइनलमा ७ रनले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको थियो । सन् १९८७ अस्ट्रेलियाका लागि सफल वर्ष रह्यो । त्यसयता अस्ट्रेलियाले क्रिकेटमा आफुलाई महारथिकै रुपमा स्थापित गरेको छ ।

पाँचौ संस्करणमा फाइनल पुग्न नसकेको अस्ट्रेलिया छैठौं संस्करणमा फाइनल प्रवेश गरेपनि श्रीलंकासँग ७ विकेटले पराजित भएपछि उपविजेतामा चित्त बुझाएको थियो ।

सातौं १९९९ मा इङ्ग्ल्यान्डले आयोजनाको जिम्मा पाएको विश्वकपमा पुन अस्ट्रेलियाले उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै दोस्रो पटक विश्वकप ट्रफी उचाल्यो । त्यसपछि लगातार सन् २००३ मा दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकप र २००७ मा वेष्ट इन्डिजमा आयोजना भएको विश्वकपमा लगातार जीत हात पार्दै विश्वकपमा ह्याट्रिक जीत हात पारेको थियो । जसमा अस्ट्रेलियाले २००३ मा भारत र २००७ मा यसअघि १९९६ को विश्वकपको उपविजेता बन्नु परेको झोक साट्दै श्रीलंकालाई पराजित गर्दै चौथो पटक विश्वकप ट्रफी उचालेको थियो ।

२००७ को विजेता अस्ट्रेलिया भारत, श्रीलंका र पाकिस्तानले आयोजना गरेको २०११ को विश्वकपमा फाइनल पुग्न सकेन् । तर, सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको ११ औं सस्करणमा भने ट्रफी घरमै राख्न सफल भएको थियो । जसमा अस्ट्रेलियाले फाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो । साविक विजेता टोली अस्ट्रेलियाका लागि यो सिजनको विश्वकपमा राम्रो प्रदर्शन गर्दै ट्रफी उचाल्ने योजनामा छ ।

२ पटकको आयोजक

शुरु देखि १२ औं सस्करणसम्म आइपुग्दा अस्ट्रेलियाले २ पटक आयोजनाको जिम्मा पाएको छ । दुवै पटक अस्ट्रेलियाले न्युजिल्यान्डसँग संयुक्त रुपमा आयोजना गरेको हो ।

सन् १९९२ मा पनि अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा प्रतियागिता आयोजना गरेका थिए भने दोस्रो पटक सन् २०१५ मा पनि न्युजिल्यान्डसँग मिलेर आयोजना गरेको थियो । दुवै पटक फाइनल खेल भने अस्ट्रेलियाको मलबर्नमै भएको थियो । पहिलो पटक आयोजना गर्दा पाकिस्तानले ट्रफी उचालेको थियो भने दोस्रो पटक घरेलु टोलीले नै ट्रफी हासिल गर्यो ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ११ : १३ बजे

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश