प्रधानमन्त्रीले तिरौलाकोटबाट लुम्बिनी भ्रमण वर्ष घोषणा गर्ने | Khabarhub Khabarhub

प्रधानमन्त्रीले तिरौलाकोटबाट लुम्बिनी भ्रमण वर्ष घोषणा गर्ने


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले तिरौलाकोट पुगेर लुम्बिनी भ्रमण वर्ष २०७६ घोषणा गरे भएका छन् । २५६३औँ बुद्धजयन्ती, लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ को कार्यक्रम उद्घाटनका लागि प्रधानमन्त्री ओली हिजै (शुक्रबार) तिरौलाकोट पुगिसकेका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिए।

शुक्रबार नै प्रधानमन्त्रीले बुद्धको क्रीडास्थल तिलौराकोटको अवलोकन गरेका थिए । उनले तिलौराकोटमा गरिएको उत्खनन, अनुसन्धान र संरक्षणले यसको विकासमा टेवा पुग्ने भन्दै तिलौराकोटको विकासलाई संघीय सरकारले प्राथमिकतामा राखेको बताए।

प्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले तिलौराकोटको ऐतिहासिक पृष्ठभूमि तथा उत्खनन र अनुसन्धानबाट प्राप्त उपलब्धिबारे जानकारी गराएका थिए।

विगत ६ वर्षदेखि तिलौराकोटमा उत्खनन चलिरहेको छ। वर्षमा दुई महिना मात्र उत्खनन गरिने हुनाले काममा ढिलाइ भएको भिक्षु मैत्रेयले प्रधानमन्त्री ओलीलाई अवगत गराए।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ७ : २५ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही