विपद् व्यवस्थापनको तयारी परिपक्व हुनुपर्छः मुख्यमन्त्री पौडेल | Khabarhub Khabarhub

विपद् व्यवस्थापनको तयारी परिपक्व हुनुपर्छः मुख्यमन्त्री पौडेल


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ‘विपद् बाजा बजाएर आउँदैन’ भन्ने बुढापाकाको उखान आत्मसात् गर्दै विपद् व्यवस्थापनको तयारी परिपक्व हुनुपर्ने बताएका छन् ।

गृह मन्त्रालयको आयोजना तथा प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रदेश ३ स्तरीय अन्तरक्रियामा मुख्यमन्त्री पौडेलले मुलुकका तीनवटै तहका सरकारले विपद्को समयमा राहत र सहयोगको काम गर्नुपर्ने बताए ।

विपत्तिमा तमासे बन्ने धेरै हुने बताउँदै उनले अब सबै निकाय एकैपटक उद्धार र राहतमा निस्कने गरी योजना तयार पार्नुपर्ने धारणा राखे । मुख्यमन्त्री पौडेलले विपद् जोखिम न्यूनीकरणमा सरकार लागिपरेको र जस्तोसुकै विपद् आउँदा पूर्वतयारीको उद्देश्यले प्रदेश सरकारले अग्रीम तयारी गर्ने उल्लेख गरे ।

प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मट्टेलले विपद् जुनसुकै समयमा आउन सक्ने हुनाले यसको पूर्वतयारीमा रहन सुरक्षा निकायलाई निर्देशन दिए । विपद् व्यवस्थापनका लागि आवश्यकपर्ने उद्धार तथा राहत सामग्री पहिले नै तयारी अवस्थामा राख्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ९ : ३० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका