नवजात शिशुको स्याहार कसरी गर्ने ? | Khabarhub Khabarhub

नवजात शिशुको स्याहार कसरी गर्ने ?


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जन्मेदेखि २८ दिनसम्मका शिशुलाई नवजात शिशु भनिन्छ । शिशु जन्मेको पहिलो मिनेटलाई उसको जीवनको सुनौलो मिनेट मानिन्छ । यस्तै पहिलो घन्टा पनि शिशु र सुत्केरी आमाको लागि महत्वपूर्ण हुन्छ । त्यसैले शिशु जन्मेको पहिलो घन्टाभित्र शिशु र आमालाई गरिने स्याहार शिशुको बाँच्ने सम्भावना र स्वास्थ्य जीवनका मुख्य आधार हुन् ।

अत्यावश्यक स्याहारको अभावमा वर्षेनि हजारौं शिशुको मृत्यु भइरहेको हुन्छ । स्वास्थ्य सर्वेक्षणको तथ्यांकको अनुसार नेपामा १ हजार जीवित जन्ममा २१ जना नवजात शिशुको मृत्यु हुन्छ । मृत्यु भएका नवजात शिशुमध्ये धेरै शिशुको मृत्यु जन्मिएको २४ घण्टाभित्रमा हुन्छ ।

नवजात शिशुको मृत्युको कारण

–संक्रमण हुनु,

–अवधि नपुगी जन्म हुनु,

–जन्मदा कम तौलको हुनु,

–जन्मदा स्वास नफेर्नु वा नरुनु,

–जन्मजात विकृति वा अन्य कारणले जवजात शिशुको मृत्यु भइरहेको हुन्छ ।

नवजात शिशुलाई संक्रमणबाट बचाँउन दक्ष प्रसूतिकर्मीको हसयोगमा स्वास्थ्य संस्थामा नै सुत्केरी गराउनु पर्छ । जन्मिनेवित्तिकै शिशुको विषेश स्याहार गर्न सकेमा उनीहरुलाई मृत्युको जोखिमबाट जोगाउन सकिन्छ ।

नवजात शिशुको स्याहार कसरी गर्ने ?

–नवजात शिशुलाई जन्मनसाथ नरम, सफा र सुख्खा कपडाले बेरी न्याया पारेर राख्नुपर्छ,

–नवजात शिशुलाई आमाको नाङ्गो छातीमा टाँसेर न्यानो पारी राख्नुपछ,

–शिशु जन्मिएको एक घण्टाभित्रै आमाको विगौती दूध खुवाउनुपर्छ,

–शिशुको नाभि काटिसकेपछि संक्रमणबाट बचाउन नाभि मलम लगाई नाभिलाई सफा र सुख्खा राख्नुपर्छ,

–नवजात शिशुलाई शिताङ्ग हुनबाट बचाउन जन्मेको २४ घण्टासम्म नुहाइदिनु हुँदैन ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  २ : ५१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न