पल्सर एनएसमा १२५ सीसीको नयाँ मोटरसाइकल ल्याउँदै बजाज, मूल्य कति ? | Khabarhub Khabarhub

पल्सर एनएसमा १२५ सीसीको नयाँ मोटरसाइकल ल्याउँदै बजाज, मूल्य कति ?


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


नेपालमा सर्वाधिक बिक्री हुने दुई पाङ्ग्रे सवारीमध्ये बजाज कम्पनीको पल्सर मोटरसाइकल पनि एक हो ।

बजाजको पल्सर मोडलमा अहिले १५० सीसीभन्दा माथिको क्षमताका मोटरसाइकल मात्रै नेपाली बजारमा उपलब्ध छन् । तर, बजाजले अब १२५ सीसीमा पनि पल्सर मोटरसाइकल उत्पादन शुरु गरिसकेको छ । र, संवततः सन् २०१९ को अन्ततिर नेपालमा पनि यसको बिक्री शुरु हुन सक्छ ।

बजाज पल्सर (एनएस) को बिक्री गत वर्ष पोल्याण्डमा शुरु गरिएको थियो । प्रयोगकर्ताको राम्रो प्रतिक्रिया पछि बजाजले यसको बजार विस्तार गर्ने योजना बनाएको छ ।

संभवतः आगामी सेप्टेम्बर महिनासम्म यो मोटरसाइकल भारतीय बजारमा लञ्च हुने छ । भारतीय बजारमा पल्सर एनएस १२५ लाई एक प्रतिक्षित मोटरसाइकलको रुपमा हेरिएको छ ।

मूल्य कति ?

स्पोर्टी लुक्स र दमदार (परफर्मेन्स)का कारण खास गरी युवा पुस्तामा बजाज कम्पनीको पल्सर लोकप्रिय छ । तर, समान सेग्मेन्ट्सका अन्य कम्पनीका मोटरसाइकलभन्दा केही महंगो भएकाले युवाहरुले बजाजप्रति आकर्षित हुँदा हुँदै पनि मूल्यका कारण सोच्नुपर्ने अवस्था छ ।

त्यसोभए अब आउने पल्सर एनएस १२५ मूल्यका हिसाबले केही सस्तो होला त ? पक्कै पनि यसको इन्जिन क्षमताका हिसावले अहिले बजारमा उपलब्ध पल्सर एनएस १६० र २०० को तुलनामा यसको मूल्य केही कम हुने नै छ । तर, धेरै कम भने हुने छैन ।

पोल्याण्डमा लञ्च भएको यो मोटरसाइकलको मूल्य ७ हजार ९ सय ९९ (पोलिश ज्लटी) तोकिएको छ । जसअनुसार भारतमा यसको मूल्य १ लाख ४६ हजार भारु हुन आउँछ । तर, भारतीय अटोमोबाइल विश्लेषकहरुले भने पल्सर एनएस १२५ भारतीय बजारमा १ लाख भारुको आसपासमा (अन रोड) उपलब्ध हुने आकलन गरेका छन् ।

यस हिसावले नेपाली बजारमा यो मोटरसाइकलको मूल्य २ लाख ७० हजार रुपैयाँको आसपास हुने छ ।

विशेषता

यो मोटरसाइकलमा १२४.४५ सीएम क्यूब (सीसी) क्षमताको सिङ्गल सिलिण्डर फ्यूल इन्जिक्टेड इन्जिन प्रयोग गरिएको छ । उक्त इन्जिनले ८५०० आपीएममा १२ हर्ज पावरको म्याक्सिम पावर जेनेरेट गर्ने छ ।

मोटरसाइकलको इन्जिनमा ५ ओटा गियर बक्स उपलब्ध हुनेछन् ।

यो मोटरसाइकलको डिजाइन हेर्दा पल्सर १३५ एलएसबाट धेरै कुरा सारिएको महसूस गर्न सकिन्छ । यद्यपि केही ग्राफिक्स र कलर भने पल्सर एनएस २०० बाट पनि सारिएको छ ।

यो बाइकको कूल तौल १२६.५ किलोग्राम हुने छ । यसमा १३२५ एमएमका टायर प्रयोग गरिएको हुने छ ।

यो मोटरसाइकलको लम्बाइ १९९५ एमएम, चौडाइ ७६५ एमएम, उचाइ १०५४ एमएम छ । यसको ग्राउण्ड क्लियरेन्स १७० एमएमको रहेन छ । साथै मोटरसाइकलमा १०.५ लिटर क्षमताको पेट्रोल ट्याङ्की उपलब्ध हुने छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १ : ३३ बजे

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच