नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’को प्रक्षेपण गौरवको विषय : उपराष्ट्रपति | Khabarhub Khabarhub

नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’को प्रक्षेपण गौरवको विषय : उपराष्ट्रपति


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तरिक्षमा नेपालको सहभागिता हुनु ज्यादै खुशी र गौरवको विषय भएको बताएका छन् ।

बिहीवार बिहान २ बजेर ३१ मिनेट जाँदा नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’को प्रक्षेपण भएको अवसरमा एक सन्देश दिँदै  उपराष्ट्रपति पुनले नेपाली भू–उपग्रह अन्तरिक्षतर्फ पठाइएकामा खुसी व्यक्त गरेका छन् ।

उपराष्ट्रपतिले भू–उपग्रह प्रक्षेपणको सम्पूर्ण कार्य गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र नेपाली वैज्ञानिकलाई धन्यवाद दिँदै सबै नेपालीमा बधाई ज्ञापन गरेका छन् ।

उनले ‘नेपाली स्याट–१’ को प्रक्षेपण पूर्ण सफल हुने अपेक्षासहित आगामी दिनमा मेगा स्याटेलाइट प्रक्षेपण र थप प्रगतिको लागि नास्ट र नेपाली वैज्ञानिकमा शुभकामना व्यक्त गरेका उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । नेपाली स्याट–१ को प्रक्षेपणसँगै नेपाल भू–उपग्रह प्रक्षेपण गर्ने मुलुकको सूचीमा जोडिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ११ : ११ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा