ठाउँठाउँमा शंकास्पद वस्तु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध | Khabarhub Khabarhub

ठाउँठाउँमा शंकास्पद वस्तु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी–पूर्वी नवलपरासीको पूर्वपश्चिम राजमार्गलाई लक्षित गरी ठाउँठाउँमा शंकास्पद वस्तु राखिएको पाइएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दलाई प्रभावकारी बनाउन शंकास्पद बस्तु राखिएको अनुमान गरिएको छ ।

पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ र १४ को बीचमा पर्ने बेल्डिया पुलमा रातो झोलामा शंकास्पद वस्तु भेटिएको छ । विहान पाँच बजेतिर उक्त वस्तु फेला परे पछि सडक अवरुद्ध भएको छ।

घटनास्थललाई प्रहरीले सुरक्षा घेरा भित्र राखेको छ भने शंकास्पद वस्तु डिस्फोज गर्न नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

त्यसैगरी देवचुली नगरपालिका २ मा रहेको दुम्कौली हेल्थ पोष्ट अगाडि पनि रातो झोलामा शंकास्पद वस्तु फेला परेको छ ।

दुम्किौली हेल्थ पोष्ट अगाडि लक्ष्मी नारायण वस्त्रालय लेखेको कपडाको झोला भित्र प्लाष्टिकमा बेरेर राखिएको शंकास्पद वस्तु फेला परेको हो ।

बन्दका कारण सवारी साधन छिटफुट संचालनमा भए पनि सडकका ठाउँठाउँमा शंकास्पद वस्तु फेला परे पछि प्रहरीले नै सवारी साधनलाई ठाउँठाउँमा रोकेर राखेको छ ।

बन्दका कारण बजार सुनसान देखिएको छ । बन्दको पूर्व सन्ध्यामा बुधबार साँझ चौधरी उद्योग अगाडि विस्फोट भएको थियो भने अरुणखोलामा राँके जुलुस निकाल्ने क्रममा पुरुषोत्तम रेग्मी फक्राउ परेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ८ : ०७ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको