जागिर दिने बहानामा ठगी : शिक्षित युवा निशानामा | Khabarhub Khabarhub

जागिर दिने बहानामा ठगी : शिक्षित युवा निशानामा


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सरकारले कोही पनि युवा बेरोजगार बस्न नपर्ने भन्दै विभिन्न रोजगारका कार्यक्रमको घोषणा गरिरहेको छ। सरकारको यही घोषणालाई फाइदा उठाउँदै धेरै कम्पनीले ठगी खाने माध्यम बनाएका छन् ।

दैनिकी गुजार्न जागिरको खोजीमा रहेको एउटा बेरोजगार युवाको पहिलो प्राथमिकतामा काम अर्थात जागिर खोज्ने नै हुन्छ । पढाई सकाएर बसेका युवाहरु नयाँनयाँ ठाउँमा जागिर खुल्यो कि भन्दै विभिन्न सूचना तथा पत्रिका पढ्ने गर्छन । अरुको तुलनामा बेरोजगार युवाको आँखा ‘कर्मचारी आवश्यकता’ मै अडिन्छ । यही अवस्थालाई बुझेका धेरैले शिक्षित युवालाई लक्षित गर्दै दैनिक पत्रपत्रिका, अनलाइन र रोजगारपोर्टलमा जागिरको विज्ञापन गर्दछन् । सोही विज्ञापन हेरेर जागिरको खोजीमा जाने धेरै युवा ठगिने गरेको तथ्य फेला परेको छ ।

पछिल्लो समय नेपालका मुख्य शहरमा बेरोजगार युवालाई लक्षित गदै धेरै रोजगार सेन्टर (आउटसोसिङ) खोलिएका छन् ।

काठमाडौंलगायतका मुख्य शहरमा जताततै खोलिएका ‘जब सेन्टर’ले बेरोजगार युवालाई आकर्षण गर्न फरक-फरक शैली अपनाएर विज्ञापन र पर्चा चोक-चोक बसेर बाँडछन् । ‘तु कर्मचारी आवश्यकता विना अन्र्तवाता रोजगारीको ग्यारेन्टी’ भन्दै देशका मुख्य शहरमा जागिरसहितको विज्ञापनको पर्चा बाँडिरहेको देखिन्छ र भेटिन्छ ।

कामको प्रकार र संख्या विभाजन गरी पम्प्लेटमा तबल सुविधा तोकिएको हुन्छ । पाटटाइम, फुलटाइम अथवा अफिसभित्र तथा घरैबाट २० देखि ५० हजारसम्म सजिलै कमाउन सकिने भन्दै पर्चा बाँडदै गर्ने समुह हुन्छ । उपत्यका मुख्य शहरका भित्ता पनि जागिरको मागसहितका पर्चाले रंगिएका हुन्छन् ।

रत्नपार्क, पुतलीसडक, सुन्धारा, चाबहिल, कोटेश्वर, बागबजार, कंलकी, नयाँ बसपार्क, चक्रपथ र लगनखेललगायतको बाटो भएर हिंड्ने पैदलयात्रीका हातहातमा जागिरको पर्चा पुर्‍याइन्छ । यसरी महिला, साना बालबालिका र अर्धबैंसेले सडकपेटीको छेउमा बसेर पैदलयात्रीलाई रोजगार उल्लेखित पर्चा र अवसर बाँडिरहेका हुन्छ । सडकका भित्ता र बिजुलीका पोलमा पनि जागिरको विज्ञापन गरिएका पर्चा पम्प्लेट टाँसिएका हुन्छ । यस्तो प्रचारले धेरै युवालाई प्रलोभवनमा पर्छ । जसका कारण एक सयदेखि पाँच सय रुपैयाँसम्म रकम तिरेर फारम भर्न तयार हुन्छ ।

विज्ञापन जागिरको, काम ठगीको

विभिन्न सञ्चारमाध्यममा आएको विज्ञापन र पर्चाका आधारमा काम खोजिरहेका सुनसरीका इनाम यादव धेरै जब सेन्टरमा धाएपनि रोजगारी नपाएको बताउँछन् । नेपाल शंकरदेव क्याम्पसमा एमविएस अध्ययरत यादवले बाटोमा बाँडिएको पर्चा र विज्ञापनमा भएको रोजगारीका बारेमा फोनबाट जानकारी लिए । फोनबाट सबै कुरा नहुने भनेपछि उनी काठमाडौं पुरानो बानेश्वरस्थित जब सेन्टरको कार्यालयमा पुगे ।

‘त्यहाँ गएर विज्ञापन हेरेर काम पाइन्छ कि भनेर आएको भनेको थिए। रिसेप्सनमा बसेकी एक युवतीले एउटा आवेदन भर्न लगाइन । आवेदन भरेर पछि ३ सय रुपैयाँको रसिद काटेर दिइन । त्यसपछि सम्र्पक गर्छु जानुहोस भनेर पठाइन ।’ उनले भने, ‘पर्चामा भनेजस्तो जागिर तत्काल पाइएन अर्कोको काम छ गर्ने भनेर केही दिनपछि उक्त कायालर्यबाट फोन त आयो तर, काम र तलब सुविधा फरक भएको बताएपछि आफैं जागिरका नाममा ठगीमा परेको रहेछु ।’

रत्नपार्कको पुलमा एक जना महिलाले बाँडेको पर्चामा रहेको रोजगारीको विज्ञापन हेरेर काठमाडौं आरआर क्यापसबाट बीए तेस्रो बर्षको परीक्षा सकेर रोजगारीको खोजीमा रहेका इलामका जीवनकुमार बानियाँ काठमाडौंको माइतीघरस्थित एक जब सेन्टरमा पुगे ।

बानियाँसँग अरु ७ जना साथी पनि थिए । जागिरका बारेमा सबै बुझेपछि गौतम र उनका साथीले सेन्टरको रिसेप्सनले दिएको आवेदन ५ सयका दरले तिरेर भरे ।

आवेदन भरेपछि रिसेप्सनले केही दिनपछि अन्तवार्ताका लागि अफिसबाट फोन आँउछ भनेर पठाइन तर, फोन आयो विज्ञापनमा भनिए जस्तो र आवेदन भर्दा भन्दा बेग्लै काम र तलब छ भनेपछि मात्र कामको डिमान्डविनै विज्ञापन गरिएको रहेछ भनेर थाहा पाएको गौतमले बताए ।

यस्तै, पत्र-पत्रिकामा दैनिक रोजगारीको विज्ञापन हेरेर काम पाइन्छ कि भने आशमा धेरै जब सेन्टर धाउदाँ धेरै पैसा तिर्ने गरेको ललितपुरकी सुहाना पुलामीले सुनाइन् । त्यस्ता जब सेन्टर पुगेपछि आवेदन भर्ना लगाएर लुट्ने काम मात्र हुनेगरेको पुलामीको अनुभव छ । काम खोज्न गएका युवासँग उल्टै पैसा ठगेर कार्यालय र कर्मचारी पाल्ने काम गर्ने गरेको देखेको सुहानासँगै भेटिएकी सुनिता सुनुवारले बताइन । जागिरको खोजिमा हिँडेर ठगिएको भेटिएका यादव, गौतम, पुलामी र सुनुवार प्रतिनिधि उदाहरणमात्र हुन । यस्ता सयौं युवा दैनिक ठगिरहेका हुन्छन् ।

रोजगारीको अवसर भन्दै छापिएका पर्चा पम्प्लेट र विज्ञापनलाई आधार मान्दै काम खोज्न जाने अधिकांश बेरोजगार युवा ठगिने गरेका छन् । विज्ञापन हेरर जब सेन्टर धाउने प्रत्येक युवालाई आवेदन भर्ने नाममा २ देखि ५ सयसम्म उठाएर कार्यालय चलाउने गरेको पाइन्छ । अहिले दैनिक जागिर उपलब्ध गराउने कार्यालयमा बेरोजगार युवा धाउने गरेका छन् । यी युवालाई काठमाडौंसहित उपत्यकामा सञ्चालन गरिरहेका धेरै सेन्टरले ठगी खाने माध्यम बनाएका छन् ।

जागिर पाउने आशमा र रोजगारी दिने प्रलोभनमा परी दैनिक उपत्यकाभित्र नै खुलेआम ठगी भइरहेको छ । यस्तो घटना प्रति कसैको ध्यान गएको पाइदैन ।

सूचना दिएर ठगी!

पत्रपत्रिकामा आएका विज्ञापन, बाटो र सडकका पोलमा टाँसिएका पर्चाका आधारमा दैनिक २ सयभन्दा बढी युवा रोजगारीको खोजीमा विभिन्न जब सेन्टरमा धाउने गरेका छन् । यसरी जागिर दिने कार्यालय उपत्यकाभित्र मात्र करिब ५ सयको हाराहारीका छन् ।

आवेदन भरेको २ सय र तालिमको नाममा लिइने शुल्क न्यूनतम ३ हजार रुपैयाँ तोकिएको हुन्छ । कार्यालयकै विज्ञापनलाई आधार मान्ने हो भनेपनि दैनिक लाखौ ठगी हुने गरेको छ । यसरी रोजगारीका विज्ञापन गरेर दैनिक धेरै युवा आर्थिक शोषणमा परिरहेका छन् ।

यो विषयमा सम्बन्धित निकाय भने मौन छ। विज्ञापनका आधारमा एउटा कार्यालयमा दैनिक कम्तिमा १० देखि १५ जना युवा अनुमानित पुग्छन । उनीहरुबाट ५ सयको दरले उठायो भने पनि ७ हजारसम्म उठाएर कार्यालय चलाउने गरेको पाइन्छ । जागिर विज्ञापन गर्ने नै प्राय बेरोजगार हुने गरेको पाइन्छ । एक व्यक्तिसँग ३ सयदेखि ५ सयसम्म असुलेर कार्यालय चलाउने गरेका छन् । काम खोज्न गएका दक्ष युवालाई पनि तालिम पछि जागिरको ग्यारेन्टी भनेर अल्मलाउने गरेका छन् ।

उजुरी आउदैनन

देशभित्रै युवालाई रोजगारी दिन उद्देश्यले खोलिएका रोजगार सेन्टरको नियमन गर्ने निकाय श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले ठगिएका पीडितले गुनासो नगरेको जनाएको छ । सरकारले गत मंसिर महिनादेखि श्रमिक आपूर्ति संस्थाले पनि कम्पनी चलाउन धरौटी राख्नुपर्ने नियम लागू गरेको छ । तर, धेरै संस्थाले धरौटी नै नराखी संस्था चलाइरहेका छन् ।

जागिरको विज्ञापन गरेर ठगी गर्ने व्यक्ति र कार्यालयका नाममा कोही उजुरी गनै नआएको विभागले जानकारी दिएको छ । यसरी पीडितले उजुरी नगर्दा ठगको मनोबल बढ्ने गरेको छ ।

सानो रकम भएकाले पनि प्रहरी र विभागसम्म उजुरी लिएर पीडित नजाने गरेको पाइन्छ । यसरी उजुरी नपर्दा जब सेन्टर चलाउने फाइदा भइरहेको विभागकै भनाई छ । उजुरी आए तत्काल विभागले अनुसन्धान गरी कारवाही गर्ने विभागका महानिर्देशक लालमाणि ओझाले बताए । शिक्षित युवाहरु नै यस्ता कम्पनीको प्रलोभनमा परी ठगिएको भन्दै विभागले संस्थाको वैधानिकता र विश्वसनियता बुझेरमात्र पैसा बुझाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १२ : २४ बजे

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका