ट्राफिक बत्ती : १ सय ३९ स्थानमा आवश्यकता, बल्छन् मात्र ५ ठाउँमा | Khabarhub Khabarhub

ट्राफिक बत्ती : १ सय ३९ स्थानमा आवश्यकता, बल्छन् मात्र ५ ठाउँमा



काठमाडौं– देशकै राजधानी शहरका अति आवश्यक स्थानमा समेत ट्राफिक बत्ती छैनन् । जडान भएका अधिकांश स्थानका बत्ती बल्दैनन् । व्यस्त सडक सवारी साधनको चाप उत्तिकै उपत्यकाका चोकमा बसेका ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न हम्मेहम्मे देखिन्छ ।

सडकको सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि ट्राफिक बत्ती अतिआवश्यक छ । समयअनुसार चल्नका लागि अन्य मुलुकहरुले विभिन्न प्राविधिक साधन भित्र्याइसके तर नेपालमा भने ट्राफिक प्रहरीले चोकमा बसेर सवारी साधनलाई हातले इशारा गर्नुपर्ने अवस्था देखिन्छ ।

ट्राफिक जाम न्यूनीकरण गर्नका लागि उपत्यकाभित्र १ सय ३९ स्थानमा ट्राफिक बत्तीको आवश्यकता देखिएको महानगरीय ट्राफिक महाशाखा जनाएको छ । यद्यपि हाल उपत्यकाका ५ स्थानमा मात्र ट्राफिक बत्ती प्रयोगमा आइरहेका छन् ।

सरोकारवाला निकायले वेवास्ता गरेका कारण उपत्यकाका अधिकांश स्थान ट्राफिक बत्तीविहीन रहेको ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जयराज सापाकोटाले बताए । उनले भने, ‘सरोकारवाला निकायले ध्यान नदिँदा लाखौँ सवारी साधन व्यवस्थापन गर्न समस्या भइरहेको छ ।’

‘ट्राफिक बत्ती नभएका होइनन् चोकचोकमा छन् तर वर्षौ पुराना ती बत्तीहरु बिग्रिएर बेकामका बनेका छन्’ प्रवक्ता सापकोटाले भने ।
उपत्यकाभित्रका धेरै स्थानमा ट्राफिक लाइट नहुँदा ट्राफिकले हात हल्लाएरै संकेत गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको उनले बताए ।

ड्रोनको प्रयोग

कुन रुढमा बढी सवारी साधनको चाप छ, कहाँ बढी लाइन छ भनी अनुसन्धान गर्न समयसमयमा महाशाखाले ड्रोनको प्रयोग समेत गरिरहेको छ । केही समयअघि जापान अन्तर्राष्ट्रिय नियोग (जाइका) सँग सम्वन्य गरेर थापाथली, बानेश्वरमा ड्रोनको प्रयोग गरिएको थियो ।

बत्ती बल्ने पाँच स्थान

महानगरीय ट्राफिक महाशाखाका अनुसार उपत्यकाभित्र सल्लाघारी, गठ्ठाघर, जडीबुटी चोक, त्यस्तै बानेश्वरचोक, महागराञ्ज गरी ५ स्थानमा मात्र ट्राफिक लाइट बल्छन् ।

कुनकुन स्थानमा बल्दैनन् ?

वि.सं. २०३७ सालमा जाइकाले उपत्यकाका २० चोकमा ट्राफिक बत्ती जडान गरेको थियो । जाइकाले बत्ती जडान गरेको केहीसमय बत्ती बले र ट्राफिकले केही सहजता पनि पाएका थिए । केही वर्षपछि उक्त बत्तीले काम गर्न छोडेदेखि ट्राफिक प्रहरीले हात हल्लाएरै सवारी चालक तथा सर्वसाधरणलाई संकेत गर्नुपरेको छ ।

पुनः जाइकाले भक्तपुरका ४ स्थानमा ट्राफिक बत्ती जडान गरिदियो तर हाल भक्तपुरका तीन स्थानमा मात्र बल्छन् । साथै ट्राफिक महाशाखाको पहलमा काठमाडौं महानगरपालिका र सडक विभागले १-१ स्थानमा बत्ती जडान गरेको थियो ।

उपत्यकाभित्रका सवारी साधन व्यवस्थापन गर्नका लागि कालीमाटी, थापाथली, माइतीघर, सिंगदरबार, पुतलीसडक, केशरमल, गौशला, कोटेश्वर लगायतका क्षेत्रमा ट्राफिक बत्ती जडान गरिएको थियो तर अहिले त्यहाँ बत्तीका पोल त छन् तर बल्दैनन् ।

 

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ८ : ३० बजे

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन 

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।