मालपोत कार्यालय बर्दियाका नासु र खरिदार पक्राउ | Khabarhub Khabarhub

मालपोत कार्यालय बर्दियाका नासु र खरिदार पक्राउ


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया–  सरकारी जग्गा किर्ते गरेको आरोपमा बर्दियाको भुमिसुधार तथा मालपोत कार्यालयका दुई कर्मचारी पक्राउ परेका छन ।

बर्दियाको साविक नेउलापुर गाविसको सरकारी जग्गालाई किर्ते गरेर बाँकेको नेपालगन्ज उपमहानगरका एक व्यक्तिको नाममा नामसारी गरेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालयका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमीराज पोख्रेल पक्राउ परेका हुन् ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाँगका अनुसार सरकारी कागज किर्ते मुद्धामा दुईजना कर्मचारी पक्राउ परे पनि कार्यालयका प्रमुख कृष्णप्रसाद ज्ञवाली फरार रहेका छन् ।

बाँके जिल्लासंग जोडिएको घटना भएकोले थप अनुसन्धानका लागि नासु शर्मा र खरिदार पोखरेललाई नेपालगन्ज लगिएको छ ।

यसैबीच, राजविराजको एक होटलमा सेवाग्राहीसँग घुस लिदैं गरेको अवस्थामा अख्तियारको टोलीले नापी कार्यालयका एक कर्मचारीलाई सोमबार नियन्त्रणमा लिएको छ ।

नापी कार्यालय राजविराजको जन्जिरदार पदमा कार्यरत पिन्टुकुमार यादवलाई सेवाग्राहीसँग २६ हजार लिदैं गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ७ : ५७ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ