कङ्गोमा रेल दुर्घटना, ज्यान गुमाउनेको संख्या ३० पुग्यो | Khabarhub Khabarhub

कङ्गोमा रेल दुर्घटना, ज्यान गुमाउनेको संख्या ३० पुग्यो


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कंगो– अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको केसाई प्रान्तको प्रमुख शहर कनाङ्गाबाट १ सय ४० किलोमिटर उत्तरमा रहेको बेना लेका गाउँनजिक मालवाहक रेल दुर्घटनामा परको हो । दुर्घटनामा अन्य केही घाइते भएका छन् ।

लिकबाट बाहिर गएपछि रेल दुर्घटनामा परेको बताइएको छ । मालवाहक रेल दुर्घटनामा परी मृत्यु हुनेमा महिला तथा बालबालिका समेत रहेको अधिकारीले जनाएका छन् ।

यसअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दुर्घटनामा २४ जनाको मृत्यु भएको उल्लेख गरेका थिए ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा रेलमार्गका पूर्वाधार निकै पुरानो भइसकेको तथा जीर्ण अवस्थामा रहेकोले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा बेलाबेला रेल दुर्घटनामा पर्दै आएका छन् ।

कमजोर रेल मार्ग, अत्यधिक यात्रु तथा सामानको भार र चालकको लापरवाहीका कारण त्यहाँ रेल दुर्घटनामा हरेक वर्ष सयौँ मानिसहरुको मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ६ : २२ बजे

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक