जिम्बाब्वेमा हुरीबाट ८९ जनाको मृत्यु | Khabarhub Khabarhub

जिम्बाब्वेमा हुरीबाट ८९ जनाको मृत्यु


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जिम्बाब्वे – जिम्बाब्वेमा हुरीका कारण ८९ जनाको मृत्यु भएको छ । जिम्बाब्वेको पूर्वी तथा दक्षिणी भेगमा भारी वर्षासँगै आएको हुरीबाट ८९ जनाको ज्यान गएको हो ।

इडाई नाम दिइएको हुरीको वेग १ सय ७९ किलोमिटर प्रतिघण्टासम्म रहेको अधिकारीले जनाएका छन् । त्यसबाहेक हुरीले रुख ढालेर अन्य भौतिक पूर्वाधारमा समेत क्षति पु¥याएको छ । यससँगै मोजाम्बिकँग सीमा जोडिएको जिम्बाब्वेको चिमानिमानी जिल्ला सडक सञ्जालबाट विच्छेद भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि संयुक्त राष्ट्रसंघले जिम्बाब्वेका छिमेकी मुलुकहरु मलावी र मोजाम्बिकमा भारी वर्षाका कारण १ सय जनाभन्दा धेरैको ज्यान गएको बताएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ४ : ०० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका