नियमित रुपमा विद्यालय ल्याउन सेनेटरी प्याड बाँड्दै नगरपालिका | Khabarhub Khabarhub

नियमित रुपमा विद्यालय ल्याउन सेनेटरी प्याड बाँड्दै नगरपालिका


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रजस्वलाका वेला नियमित रुपमा विद्यालय ल्याउन प्रोत्साहन गर्ने उद्देश्यले छात्राका लागि ‘सेनेटरी प्याड’ उपलब्ध गराइएको छ । तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा निःशुल्क ‘सेनेटरी प्याड’ उपलब्ध गराएको हो । नगरका सामुदायिक विद्यालयमा छ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्राको संख्या तीन हजार ६५० छन् ।

रजस्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमै कक्षा छाडेर घर जाने समस्या देखिएपछि नगरपालिकाले सो रणनीति लिएको हो । यस कार्यका लागि चालू आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन गरिएको नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिइन् ।

प्रतिछात्रा  १३६ रुपैयाँका दरले सेनेटरी प्याडका लागि विद्यालयलाई रकम उपलब्ध गराइएको नगरपालिकाका शिक्षा उपसचिव हरिप्रसाद ज्ञवालीले बताए ।

कतिपय छात्राले पुराना कपडा प्रयोग गर्ने र त्यसबाट सङ्क्रमणसमेत हुन सक्ने भएकाले पनि सेनेटरी प्याड उपलब्ध गराइएको नगरपालिकाको भनाइ छ । छात्रा संख्याको आधारमा नगरपालिकाले रकम विद्यालयको खातामा जम्मा गरिदिएपछि विद्यालयले प्याडको व्यवस्था मिलाएका हुन् । यसका लागि हरेक विद्यालयले एक जना महिला शिक्षकलाई ‘फोकल शिक्षक’ तोकेका छन् ।

सेनेटरी प्याडको उपलब्धताले छात्राहरु ढुक्कसँग विद्यालय आउने वातावरण बनेको जनजागृति माविका शिक्षक नरेन्द्रबहादुर क्षत्रीले बताए । नगरपालिकाले बजेट उपलब्ध गराएपछि चालू शैक्षिक सत्रबाट नै आवश्यकताका आधारमा निःशुल्क सेनेटरी प्याड दिन थालेको उनले बताए ।

यसैगरी नगरपालिकाले गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।

नगरपालिकाले नगरभित्रका दुई वटा बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई संघीय सरकारले उपलब्ध गराउने रकममा रु. पाँच सय थपेर दिने गरेको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुनेले नियमित स्वास्थ्य परीक्षण गराएमा प्रोत्साहन स्वरुप २ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  २ : १५ बजे

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई

‘निर्वाचन प्रणालीमै सुधार हुनुपर्छ, व्यथा एकातिर औषधि अर्कातिर भयो’

मसल र मनिको प्रभाव राजनीतिमा निर्णायक बन्दै गएपछि निष्ठाको राजनीति

भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण 

भारतको केन्द्रीय चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा