डडेलधुरामा हाइस दुर्घटना– १० जना घाइते, २ गम्भीर | Khabarhub Khabarhub

डडेलधुरामा हाइस दुर्घटना– १० जना घाइते, २ गम्भीर


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा– डडेलधुराको गन्यापधुरा गाउँपालिका–३ गुएलखेतमा हाइस (माइक्रो बस) दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

डोटीकाे सिलगढीबाट धनगढी जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हाइस सोमबार बिहान १० : ३० बजेतिर दुर्घटनामा परेको हो।

घाइते १० जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

घाइतेहरुलाई डडेलधुरास्थित डडेलधुरा अस्पताल ल्याइएको छ। घाइते र गम्भीर घाइतेको नाम खुलेको छैन । स्थानीयका अनुसार ओरालोमा रोकेर राखिएको हाइस यात्रु चढाउने क्रममा झाडीमा गएर पल्टिएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  १२ : ०१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०