झलनाथका ‘परिवर्तनका स्वरहरु’ सार्वजनिक गर्दै प्रधानमन्त्री | Khabarhub Khabarhub

झलनाथका ‘परिवर्तनका स्वरहरु’ सार्वजनिक गर्दै प्रधानमन्त्री


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालद्वारा रचना गरिएका गीतहरुको संगालो ‘परिवर्तनका स्वरहरु भाग २’ प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् ।

नेकपा वरिष्ठ नेता खनालद्वारा चरित गीत एल्बम ‘परिवर्तनका स्वरहरु भाग–२’ आगामी शनिबार प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले लोकार्पण गर्ने कार्यक्रम राखिएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

पञ्चायतकालमा भूमिगत रहँदादेखि नै क्रान्तिकारी र देशभक्त गीतहरुको रचना गर्दै आएका खनाल बहुदल स्थापनापछि भने सक्रिय राजनीतिमा क्रियाशील छन् ।

२०६५ को नेकपा एमालेको बुटवल महाधिवेशनबाट अध्यक्षमा निर्वाचित खनाल २०६७ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । करिब ७ महिनाको सत्ता यात्राबाट बाहिरिएपछि खनालले पुनः सहित्य र गीत रचनातर्फ पनि सक्रियता देखाएका छन् ।

इलामबाट निर्वाचित खनालकै रचनामा रहको ‘परिवर्तनका स्वरहरु’ गीति संग्रह यसअघिनै सार्वजनिक र्भसकेको छ भने गत वर्ष प्रज्ञा प्रतिष्ठानमा उनका गीतहरुको एकल साँझ समेत गरिएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ११ : १४ बजे

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर

अर्थमन्त्री पुनको अमेरिका भ्रमण : माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित 

काठमाडौं– संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण