परिवार नियोजनका आधुनिक साधनमा आकर्षण घट्दो, अवस्था कस्तो छ ? | Khabarhub Khabarhub

परिवार नियोजनका आधुनिक साधनमा आकर्षण घट्दो, अवस्था कस्तो छ ?


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहुँच बाहिर परेकालाई समेट्ने उदेश्यले काठमाडौंमा राष्ट्रिय परिवार योजना सम्मेलन आजबाट  हुँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाको आयोजना २ दिने सम्मेलन गर्न  लागिएको हाे ।

परिवार नियोजनका साधनको पहुँचबाहिर रहेकालाई साधानको विषयमा जानकारी दिने र यसको प्रयोगमा सचेतना बढाउने उद्देश्यले सम्मेलन गर्न लागिएको परिवार कल्याण महाशाखाका प्रमूख डा आरपी विच्छाले जानकारी दिए ।

नेपालमा प्रयोगको अवस्था

नेपालमा १५ देखि ४९ वर्षका विवाहित महिलाहरुले परिवार नियोजनको साधन प्रयोग गरिरहेकाे सरकारी तथ्यांक छ ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्यांकका अनुसार परिवार नियोजनको साधानको प्रयोग गर्ने ५३ प्रतिशत महिलामध्ये ४३ प्रतिशतले आधुनिक साधान तथा सेवाको प्रयोग गर्छन् भने १० प्रतिशतले परम्परागत विधि अपनाउने गर्छन् ।

नेपालमा सबैभन्दा बढी महिलामा बन्ध्याकरण गर्ने गरिन्छन् ।  परिवार नियोजनको साधान प्रयोग गर्नेहरुमा महिला बन्ध्याकरण गर्नेहरु १५ प्रतिशत छन् भने ९ प्रतिशतले तीन महिने सुई प्रयोग गर्छन् । यस्तै ६ प्रतिशत पुरुषले पुरुष बन्ध्याकरण गरेका छन् भने ५ प्रतिशतले खानेचक्की, ४ प्रतिशतले कण्डम, ३ प्रतिशतले इम्प्लान्ट र १ प्रतिशतले आइयूसीडीको प्रयोग गर्छन् ।

परिवार नियोजनका साधन प्रयोगमा प्रदेश ३ अगाडि

नेपालमा परिवार नियोजनको साधन प्रयोगमा प्रदेश ३ सबैभन्दा अगाडि छ । प्रदेशगत रुपमा हेर्दा प्रदेश ३ मा आधुनिक परिवार नियोजनको प्रयोगदर ४९ प्रतिशत रहेको छ भने, सबैभन्दा कम प्रदेश ४ मा ३७ प्रतिशत मात्रै छ ।

परिवार नियोजनमा शिक्षितभन्दा अशिक्षितको रुची

तथ्यांकले देखाएअनुसार शिक्षाको स्तर बढेअनुसार आधुनिक परिवार नियोजनका साधन प्रयोगदर बढेको छैन । नेपालमा परिवार नियोजनको आधुनिक साधान प्रयोग गर्नेहरुमा शिक्षित महिला भन्दा अशिक्षित महिलाहरु बढी छन् ।

तथ्यांक अनुसार कुनै शिक्षा हासिल नगरेका ५२ प्रतिशत महिलाले आधुनिक साधन र सेवा प्रयोग गर्छन् भने एसएलसी वा सो भन्दा बढी शिक्षा हासिल गरेका ३४ प्रतिशत महिला मात्रै आधुनिक परिवार नियोजनको साधन प्रयोग गर्छन् । यस्तै २५ प्रतिशत नपढेका महिलाहरुले बन्ध्याकरण गर्ने गरेको तथ्यांंकले देखाउँछ ।

आधुनिक साधनमा आकर्षण घट्दै

विवाहित महिलाहरुमा परिवार नियोजनको साधन तथा सेवाको प्रयोगदर सरकारी योजना अनुसार बढेको छैन । सन् १९९६ मा प्रयोग दर २९ प्रतिशत रहेकोमा सन् २०१६ मा ५३ प्रतिशत रहेको छ ।

२० वर्षको अवधिमा प्रयोग दर दुई गुणा छ । यस्तै आधुनिक साधनको प्रयोगदर सन् २००६ पछि बढेको छैन । सन् १९९६ मा २६ प्रतिशत रहेको प्रयोगदर सन् २००६ मा ४४ प्रतिशत रहेको थियो । तर सन् २०१६ मा आधुनिक परिवार नियोजन साधनको प्रयोगदर ४३ प्रतिशतमा झरेको छ । परिवार नियोजनको आधुनिक साधनको प्रयोगदर घढ्दै गर्दा परम्परागत विधि अपनाउनेको दर भने बढेको देखिन्छ ।

सन् १९९६ मा परम्परागत परिवारनियोजनको साधन प्रयोग गर्नेको दर ३ प्रतिशत थियो । सन् २०१६ मा आइपुग्दा सो दर १० प्रतिशतमा पुगेको छ । शिक्षा र चेतनाको स्तर र आधुनिक साधनको पहुँच बढ्दै जाँदा दुईदशकमा परम्परागत विधि अपनाउनेको दर ७ प्रतिशतले बढेको छ ।

परिवार नियोजनको साधन ७६ प्रतिशत माग

नेपालका १५ प्रतिशत विवाहित महिलाहरु कम्तिमा दुई वर्ष ढिलोगरी तथा दुईवर्षको अन्तरालमा बच्चा जन्माउन चाहन्छन् । यस्तै ६१ प्रतिशत बच्चा जन्माइसकेका महिलाहरु अरु बच्चा जन्माउन चाहँदैनन् । ढिलो गरी बच्चा जन्माउने तथा थप बच्चा जन्माउन नचाहने महिलाहरुमा परिवार नियोजनका साधनको माग हुन्छ । नेपालमा विवाहित महिलाहरुमा परिवार नियोजनको साधनको मागदर ७६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ८ : ०० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०