पौडेल समूह बैठकमा नजाने, पेलेर जालान् देउवा ? | Khabarhub Khabarhub

पौडेल समूह बैठकमा नजाने, पेलेर जालान् देउवा ?



काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि अन्योलमा परेको छ ।

केही दिनयता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु उपस्थित नहुँदा बैठक निरन्तर सर्दै आएको छ ।

बुधबार दिउँसोका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा पनि रामचन्द्र पौडेल पक्षधर नेताहरु उपस्थित नहुने भएसँगै बैठक अन्योलमा परेको हो ।

तर असन्तुष्ठ पक्ष उपस्थित नभएपनि पार्टी सभापति शेरबहादुर देउवाले भने वैठक सञ्चालन गर्ने तयारी गरेको देउवा निकटका नेता विमलेन्द्र निधिले बताए ।

उपसभापति निधिका अनुसार असन्तुष्ट पक्ष उपस्थित नभएपनि सभापति देउवाले बैठक सञ्चालन गर्ने तयारी गरेका छन् ।

‘उहाँहरु(पौडेल) उपस्थित नभएपनि सभापति ज्यूले बैठक सञ्चालन गर्ने मनस्थिती बनाउनु भएको छ’ निधिले भने,‘पार्टीमा देखिएको समस्या बैठकमा बसेर समाधान गर्नुपर्छ ।’

मंगलबार दिनभरको प्रयासबाट पनि कुनै उपलव्धि हासिल नभएपछि पार्टी सभापति देउवाले आजको लागि बोलाइएको बैठकमा पनि असन्तुष्ट पक्षको सहभागीता नभएपनि बैठक सञ्चालन गर्ने मुडमा पुग्नुभएको देउवा पक्षका नेता विमलेन्द्र निधिले बताए ।

पार्टी उपसभापति समेत रहेका निधिले धेरै जसो समस्या समाधान तर्फ उन्मुख भएपनि असन्तुष्ट पक्ष बैठकमा सहभागी नहुँदा समस्या उत्पन्न भएकोले सभापतिले आजको बैठक सञ्चालन गर्ने मनस्थिति बनाएको बताए ।

‘पार्टीमा देखिएको धेरै जसो समस्या समाधान तर्फ उन्मुख भइसकेका छन्’ निधिले भने,‘उहाँहरु(पौडेल पक्ष)का मागका विषयमा पनि छलफल भइरहेको छ, तर उहाँहरु बैठकमै नबस्ने कुरा त्यति उपयुक्त नभएका कारण सभापति ज्यूले आजको बैठक अगाडि बढाउने मनस्थिती बनाउनु भएको छ ।’

तर, पौडेल पक्षका नेता एवं वार्ता समितिका एक जना सदस्य हृदयराम थानीले भने समस्या समाधान तर्फ संस्थापन पक्ष गम्भीर नभएको आरोप लगाए ।

‘नेविसंघका विषयमा कुरा केही मिल्ला जस्तो भएपनि विभाग र तरुण दलका विषयमा कुरा मिल्न सकेको छैन,’ नेता थानीले भने,‘१४ औं महाधिवेशनमा पनि कुरा मिल्न सकेको छैन ।’

तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेता हृदयराम थानीले भने आजको बैठकमा आफूहरु उपस्थित नहुने बताए ।

‘हामी अहिले पनि छलफलमै छौं,’ नेता थानीले भने,‘समस्या समाधान तर्फ उहाँहरु गम्भीर हुनु भएको छैन । त्यसैले आजको बैठकमा हामीहरु उपस्थित हुने छैनौं । सायद उहाँहरुले(संस्थापन पक्ष) ले बैठक स्थगित गर्नुहुन्छ होला ।’

दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा सवा २ बज्दासम्म पार्टी सभापति शेरबहादुर देउवा सानेपा पुगेका छैनन् ।
‘आज बैठक नबस्ने हो ?’ भन्ने प्रश्नमा कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेल भन्छन्–‘सभापति आउँदै हुनुहुन्छ उहाँ आएपछि बैठक बस्ला !’

बोहराटारमा छलफल

१ बजेबाट वरिष्ठ नेता पौडेल निवास बोहराटारमा बसिरहेको असन्तुष्ट पक्षको बैठक अझै जारी रहेको छ । पार्टीमा देखिएको समस्या र संस्थापन पक्षसँगमागका विषयमा छलफल गर्न पौडेल पक्षका नेताहरु छलफलमा जुटेका हुन् ।

संस्थापन पक्षले २०७७ मा नै महाधिवेशन गर्ने कार्यतालिका ल्याउने तयारी गरेसँगै असन्तुष्ट पक्ष बैठकमा बस्ने अनुमान गरिएको थियो । संस्थापन पक्षका नेता निधिले १४ औं महाधिवेशन २०७७ मै गर्न सभापति देउवा तयार भएको नेता निधिले बताए ।

‘उहाँहरुले २०७७ सालको मंसिर पहिलो साता महाधिवेशन गरौं भन्ने प्रस्ताव राख्नु भएको छ’ नेता निधिले भने,‘यसबारे छलफल गर्न सकिन्छ तर, २०७७ को फागुन हामीले प्रस्ताव गरेका छौं ।’

नेविसंघबारे सहमति नजिक, विभाग र महाधिवेशनले अन्योल

असन्तुष्ट पक्षका नेता हृदयराम थानीका अनुसार नेविसंघका बारेमा संस्थापन पक्षसँग सहमति नजिक पुगेको बताए । तर कस्तो खालको सहमति हो भन्ने बारे उनले खुलाएनन् । अब विभाग, तरुण दल र महाधिवेशनको कार्यतालिका बारेमा समस्या रहेको उनको भनाइ छ ।

नेपाली कांग्रेसमा नेविसंघ र तरुण दलको नेतृत्व चयन साथै विभाग गठनको विषयमा समस्या देखिएको छ । संस्थापनले विधानमा व्यवस्था भएको २८ को सट्टा ४१ विभाग प्रस्ताव गरेपछि पौडेल र सिटौला पक्ष असन्तुष्ट बनेका हुन् ।

उनीहरूले विधानअनुसार नै २८ वटा मात्रै विभाग गठन गर्नुपर्ने बताउँदै आएका छन् । तर, मुख्य विभागमा भाग पाए संस्थापनको संख्या बढाउने तयारीमा सहमति गर्न सकिने सन्देश उनीहरुले संस्थापन पक्षलाई दिएका छन् ।

पौडेल पक्षले नेविसंघ र तरुण दल दुवैमा नेतृत्व दाबी गरेको छ । नियमित समयमा महाधिवेशन गर्न संस्थापनपक्षीय नेतृत्व असफल भएको निष्कर्ष निकाल्दै सो समूहका नेताहरूले नेतृत्व नै दाबी गरेका हुन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  २ : २४ बजे

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको