पीपीएल क्रिकेट: मल्लको शतकमा काठमाडौंको फराकिलो जित | Khabarhub Khabarhub

पीपीएल क्रिकेट: मल्लको शतकमा काठमाडौंको फराकिलो जित


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा –दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाडौं गोल्डेन्सले पहिलो जित हात पारेको छ ।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले एक्सपर्ट धनगढी ब्लुजलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौंले दिएको १सय८५ रनको लक्ष्य पछ्याएको धनगढी ७९ रन बनाउँदै १७ ओभरमा अल आउट भएको हो ।

लगातार दुई खेलमा हार व्यहोरेको काठमाडौंको पुनरागमन जितमा बलिङतर्फ बसन्त रेग्मीले ३ विकेट लिए । धनगढीले ७९ रन बनाउँदा श्रीवन्थ विजयरत्नले १५ रन र रोड्रिगो थामेसले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

धनगढीविरुद्ध रेग्मीसँगै सुवोध भाटी र पवन सरार्फले समान दुई–दुई विकेट लिए भने सुशान भारी र अमित भट्राईले समान एक–एक विकेट लिए । त्यसअघि पहिलो ब्याटिङ गरेको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले । उनले ३८ बलमा ९ छक्का र ८ चौका प्रहर गर्दै सय रन बनाएका थिए ।

यस्तै जयकिशन कोल्सावालाले ४६ रनको इनिङ्स खेले । खराब मौषमको कारण टस ढिला भएको कारण खेल १७ ओभरमा घटाइएको थियो ।

यस संस्करणमा काठमाडौंले बनाएको १सय८५ रनको लक्ष्य पीपीएलकै सबैभन्दा ठूलो हो ।

धनगढीका कमल सिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट लिए । पहिलो जित हात पारेको काठमाडौंलले ३ खेलमा २ अंक जोडेको छ भने धनगढीले दुई खेलबाट २ अंक जोडेको छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १ : १६ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको