अरुको नाममा लाइसेन्सको ट्रायल दिने दुई जना पक्राउ | Khabarhub Khabarhub

अरुको नाममा लाइसेन्सको ट्रायल दिने दुई जना पक्राउ


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली कागजात बनाई सवारी चालक अनुमति पत्र(लाइसेन्स) को प्रयोगात्मक परीक्षा दिएका २ जनालाई पक्राउ गरेको छ ।

चन्द्रगिरी नगरपालिका गर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिको ड्राइभिङ सेन्टरबाट मंगलवार बेलुका ४ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कालिकोट खाडाचक्र नगरपालिका घर भइ हाल चावहिल बस्दै आइरहेका १९ वर्षका विरेन्द्र मल्ल र सुकेधारा बस्ने ३० वर्षीय दिपक शाही रहेका छन् ।

महाशाखाकाअनुसार सवारी चालक अनुमति पत्र लिनका लागि नेपाली नागरिकता लगायत सरकारी कागजात नक्कली बनाइ फरक व्यक्तिलाई ट्रायल परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १२ : ३५ बजे

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।

कालीकोटकै नमूना स्याउ फोइमहादेवमा

मान्म– कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

 काठमाडौं– धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार