सरकारको विकास खर्च निराशाजनक : पाँच महिनामा ९ प्रतिशतमात्र खर्च, कर्णाली प्रदेश सबैभन्दा कमजोर | Khabarhub Khabarhub

सरकारको विकास खर्च निराशाजनक : पाँच महिनामा ९ प्रतिशतमात्र खर्च, कर्णाली प्रदेश सबैभन्दा कमजोर


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारको विकास खर्च निराशाजनक देखिएको छ  । चालू आर्थिक वर्षको मंसिरसम्म जम्मा करीब ९ प्रतिशत मात्रै विकास खर्च भएको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ ।

सरकारले चालू आर्थिक वर्षको मंसिरसम्म ३६ अर्ब ५३ करोड रुपैयाँ अर्थात् ८.९४ प्रतिशत पुँजीगत खर्च गरेको हो ।

आर्थिक बर्षको पहिलो ५ महिनामा न्यूनतम २० प्रतिशत पूँजीगत खर्च गर्नपर्ने हुन्छ । तर, यो बर्ष भने २० प्रतिशत खर्च भएको र्छैन । यो बर्ष मात्र नभई विगतका वर्षमा पनि पहिलो पाँच महिनामा २० प्रतिशत भन्दा कम नै खर्च हुँदै आएको थियो ।

सरकारले चालु आर्थिक वर्षको लागि कुल १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सो बजेटमध्ये ९ खर्ब ५७ अर्ब १० करोड चालू खर्च हो भने ४ अर्ब ८ करोड पुँजीगत खर्च र १ खर्ब ६७ अर्ब वित्तीय व्यवस्थाका लागि लक्षित विनियोजित बजेट भएको छ ।

पहिलो चौमासिकमा टेण्डर प्रक्रिया र परियोजना तयारीमै समय बित्ने भएका कारण पुँजीगत खर्चले गति लिन नसकेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलेले बताए ।

सरकारले खर्च बढाउनका लागि निर्देशन दिएता पनि निर्देशन अनुसारको कार्यन्वयन सकेको छैन । प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयले खर्च बढाउन ठूला/साना आयोजना सबैको मासिक प्रगति विवरण प्रत्येक महिनाको ७ गते अगाडि नै लिने तालिका बनाए पनि खर्चमा कुनै सुधार हुन सकेको छैन । स्थीर सरकार भएपनि पुँजीगत खर्च हुन नसकेको हो ।

चालु आर्थिक बर्षको दोस्रो चौमासिक सम्म ५० प्रतिशत खर्च गर्नलाई अबको वाँकी ३ महिनामा १ खर्ब ६७ अर्ब ४६ करोड रुपैयाँ खर्च गरिसक्नु पर्ने बाध्यता रहेका छ ।

सरकारले भने जस्तै वा अर्थ मन्त्रालयले निर्देशन गरेजस्तै लक्षित खर्च गर्न अबको वाँकी एक अर्ब ८६ करोड सात लाख खर्च गर्नुपर्ने देखिएको छ । सरकारले यस वर्षको लागि चार खर्ब ८ अर्ब पुँजीगत बजेट विनियोजन गरेको छ । पुँजीगत खर्च कम भएपछि पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समेत सबै विकास मन्त्रालयहरूलाई पत्र पठाए र दोस्रो चौमासिक भित्र ५० प्रतिशत बजेट खर्च गरिसक्न निर्देशन दिएको छ ।

कुन प्रदेशको कति खर्च ? 

प्रदेश एकको १.१५ प्रतिशत

प्रदेश एक सरकारले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा १.१५ प्रतिशत अर्थात २ अर्ब ७४ करोड ७७ लाख रुपैयाँ खर्च गरेको हो । चालु आर्थिक बर्षका लागि ४२ अर्ब २० करोडको रुपैयाँको बजेट विनियोजन गरिएको छ । जसमा पहिलो चौमासिकमा पुँजीगत तर्फ १ अर्ब ७३ करोड ८६ लाख र चालुतर्फ १ अर्ब ९१ लाख खर्च गरेको हो ।

प्रदेश दुईको २.४९ प्रतिशत

प्रदेश दुई सरकारले चाल आर्थिक बर्षको पहिलो चौमासिकमा २.४९ प्रतिशत अर्थात ९१ करोड ८४ लाख २० हजार रुपैयाँ खर्च गरेको छ । चालुृ आर्थिक बर्षका लागि ३८ अर्ब ७२ करोड ५६ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ । जसमा पहिलो चौमासिकमा पुँजीगत तर्फ १५ करोड ८९ लाख ९६ हजार र चालुतर्फ ७५ करोड ९४ लाख २३ हजार रुपैयाँ खर्च गरेको हो ।

प्रदेश तीनको ४.२४ प्रतिशत

प्रदेश तीन सरकारले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ४.२४ प्रतिशत अर्थात २ अर्ब १७ करोड ८३ लाख ९ हजार रुपैयाँ खर्च गरेको छ । चालुृ आर्थिक बर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार े रुपैयाँको बजेट विनियोजन गरिएको छ । जसमा पहिलो चौमासिकमा पूँजीगत तर्फ ६१ करोड ३३ लाख र चालुतर्फ १ अर्ब ४० करोड ४६ लाख रुपैयाँ खर्च गरेको हो ।

गण्डकी प्रदेशको ३.२ प्रतिशत खर्च

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ३.२ प्रतिशत अर्थात ४ करोड २७ लाख ५५ हजार रुपैयाँ खर्च गरेको छ । चालुृ आर्थिक बर्षका लागि ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट विनियोजन गगिएको छ । जसमा पहिलो चौमासिकमा पुँजीगतर्फ ८ लाख ४६ हजार र चालुतर्फ ४ करोड १९ लाख ९ हजार रुपैयाँ खर्च गरेको छ ।

प्रदेश ५ मा ७ प्रतिशत

प्रदेश पाँच सरकारले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ७ प्रतिशत अर्थात २ अर्ब ३३ करोड रुपैयाँ खर्च गरेको छ । चालुृ आर्थिक बर्षका लागि ३६ अर्ब ४१ करोडको रुपैयाँको बजेट विनियोजन गरिएको छ । जसमा पहिलो चौमासिकमा चालुतर्फ १ करोड २९ करोड र पुँजीगत तर्फ १ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको हो ।

कर्णाली प्रदेशमा १.१ प्रतिशत

चालु आर्थिक बर्षको पहिलो चौमासिकमा सबैभन्दा कम रकम खर्च गर्ने प्रदेशमा कर्णाली प्रदेश रहेको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिकमा १.१ प्रतिशत ५५ करोड ४१ लाख ३१ हजार रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक बर्षका लागि ३४ अर्ब ३५ करोड ३४ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ । जसमा पहिलो चौमासिकमा चालुतर्फ ४७ करोड ९५ लाख १६ हजार र पूँजीगततर्फ ७ करोड १४ लाख रुपैयाँ खर्च गरेको हो ।

सुदूरपश्चिम प्रदेशको खर्च ४.६० प्रतिशत

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ४.६० प्रतिशत अर्थात एक अर्ब २७ करोड ६१ लाख खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ । जसमा पहिलो चौमासिकमा चालुतर्फ १४ अर्ब ६९ करोड ४८ लाख र पूँजीगत तर्फको १३ अर्ब ६ करोड ७१ रुपैयाँ खर्च भएको लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ११ : १७ बजे

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर

अर्थमन्त्री पुनको अमेरिका भ्रमण : माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित 

काठमाडौं– संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा