आकस्मिक दुर्घटनामा प्राथमिक उपचार कसरी गर्ने ? | Khabarhub Khabarhub

आकस्मिक दुर्घटनामा प्राथमिक उपचार कसरी गर्ने ?


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

घरमा कुनै काम गरिरहेको समयमा चोट लाग्यो भने के गर्नुहुन्छ ? आगो ताप्दै गर्दा आगोले पोल्यो, घरको भर्‍याङ वा सिढीबाट लडेर घाइने हुन भयो भने शुरुमा के गर्नुहुन्छ ? यदी ज्वरो आयो शुरुमा के गर्नुहुन्छ ?  छिमेकी वा आफ्नै परिवारलाई सर्पले डस्यो भने शुरुमा के गर्नुहुन्छ ?

माथिका प्रश्नहरुको जवाफ तपाई सोच्दै हुनुहुन्छ होला । कतिले यी प्रश्नमा अस्पताल ल्यैजाने भनेर उत्तर पनि दिन्छन् ।

तर साच्चै एकपटक विचार गर्नुस् त यदी अस्पताल पुग्न ढिला भयो आकस्मिक दुर्घटनाका बिरामीले ज्यान नै गुमाउन सक्छन् ।

त्यसैले  आकस्मिक दुर्घटना भए वा सर्पले डस्दा, हातखुट्टा भाँचिएमा, आगोले पोलेमा पहिला घटना स्थलमै प्राथमिक उपचार गर्नुपर्छ । त्यसका लागि प्राथमिक उपचारबारे जानकारी हुनुपर्छ । नत्र गतल तरिकाले प्राथमिक उपचार गर्दा बिरामीको स्वास्थ्यमा थप जोखिम निम्तिन सक्छ ।

प्राथमिक उपचार भनेको कुनैपनि दुर्घटना लगत्तै गरिने सामान्य रोकथाम विधि हो । तर, प्राथमिक उपचारले सम्भावित जटिलताबाट बच्न सकिन्छ ।

प्राथमिक उपचारबारे हामी सबैले जानकारी राख्नुपर्छ । प्राथमिक उपचारबारे जानकारी भएका परिवारका सदस्य वा कुनै व्यक्ति आकस्मिक दुर्घटनामा परेमा तपाईले लिएको जानकारीले दुर्घटनामा पर्ने व्यक्तिको जीवन बच्न सक्छ । आज हामी तपाईलाई प्रथामिक उपचार किन चाहिन्छ ? कसरी गर्ने भन्ने बारेमा जानकारी दिदै छौं ।

किन चाहिन्छ प्राथमिक उपचार ?

– सम्भावित जोखिमबाट बचाउन,

–बिरामी तथा घाइतेको जीवन बचाउन,

– अवस्था अरु खराब वा जोखिमपूर्ण हुन नदिन,

– उचित उपचारका लागि सम्बन्धित स्थानमा पुर्‍याउन,

– अवस्थामा सुधार ल्याउन,

–अन्य संक्रमणको जोखिमबाट बचाउन ।

उपचारकले शुरुमा आफ्नो सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ । त्यसैले प्राथमिक उपचार गर्ने व्यक्तिले पहिला आफ्नो सुरक्षाको स्थिति सुनिश्चित गर्नुपर्छ । आफू सुरक्षित हुने गरी नजिक रहेको स्रोत साधनको प्रयोग गर्नुपर्छ । बिरामी तथा घाइतेको अवस्था परीक्षण गरी प्राथमिक उपचार गर्नुपर्छ ।

प्राथमिक उपचार गर्नेले के गर्नुपर्छ ?

– दुर्घटनास्थलमा सकेसम्म चाडै पुग्ने प्रयास गर्ने,

– प्राथमिक उपचार स्वयम् नहडबडाइएकन प्राथमिकताको आधारमा, सिकिस्त र जोखिम भएका घाइतेहरुलाई प्राथमिकता दिएर उपचार गर्नुपर्छ,

– रोगी तथा नातेदारसाई सान्तवना दिनुपर्छ,

– रत्तश्राव भएको भए त्यसलाई रोक्ने प्रयास गर्नुपर्छ,

– घाईते वा पीडितलाई सजिलो एवं आरमसाथ सुताउने,

– शरीरमा लगाएको लुगा असहज भए फुकाइदिने,

– सकेसम्म चाडै विशेष उपचारका लागि पठाउने वा पहल गर्ने,

– उपचार सेवा भएको स्थानमा पुर्‍याउने,

प्राथमिक उपचारमा तुरुन्त गर्नुपर्ने काम

–दुर्घटनास्थलमा तुरुन्तै पुगेर निरिक्षण गर्ने,

– घाइतेलाई असुरक्षित ठाउँबाट सुरक्षित ठाउँमा राख्ने,

– प्राथमिकता निर्धारण गरेर काम गर्ने,

– सबैभन्दा चिन्ताजनक अवस्थामा रहेकालाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्ने,

– श्वसप्रश्वास निरीक्षण गर्ने,

–श्वासमार्ग खुकुलो बनाइदिने,

– रगत बगिरहेको भए कुनै पनि उपाय अपनाएर रक्तश्राव रोक्ने,

– मुटुको चाल बन्द भएको भए तुरुन्तै कार्डियो मसाज दिने,

– हात खुट्टा भाँचिएको भए काम्रो बाध्ने र घाइतेलाई धेरै हलचल नगराई होसियारीपूर्वक बोकेर उपचारका लागि स्वास्थ्य संस्थामा पुर्‍याउने,

– दुर्घटनाको रेकर्ड राख्ने,

– ३ देखि ४ मिनेटसम्म अक्सिजन मस्तिष्कमा पुगेन भने ब्रेनडेड हुने भएकाले दुर्घटनामा परेका घाइतको श्वास प्रश्वास निरन्तर गराउन प्राथमिक उपचारको महत्वपूर्ण रहन्छ ।

– यसमा श्वासभित्र लिने र बाहिर छाड्ने भए प्रयाप्त छ कि छैन हेर्ने,

– यदि  श्वास फेरिरहेको छैन भने श्वास प्रश्वासको गति ढिलो छ भने मुखबाट मुख जोडेर श्वासप्रश्वास गराउने,

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ७ : २२ बजे

एसईई परीक्षा केन्द्रबाट पाँच सय बढी मोबाइल बरामद

रौतहट । एसईई परीक्षालाई मर्यादित बनाउन सक्रिय स्थानीय प्रशासन दोस्रोदिन

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको