स्वास्थ्य मन्त्री यादव भारत प्रस्थान | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्री यादव भारत प्रस्थान


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विश्व औषधि उत्पादनसम्बन्धी सम्मेलनमा सहभागी हुन आज भारततर्फ प्रस्थान गरेका छन् ।

औषधि उत्पादनसम्बन्धी कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री यादव आज भारतको नयाँ दिल्ली पुगेको उनका स्वकीय सचिव महेश चौरासियाले  जानकारी दिए ।

दक्षिण एशियाका स्वास्थ्यमन्त्रीहरुको सहभागिता रहने उक्त सम्मेलनले विश्व औषधि उत्पादनको पछिल्लो अवस्था र सन् २०३० सम्म औषधि उत्पादनलाई गुणस्तरीय र प्रभावकारी बनाउन अवलम्बन गरिने आगामी रणनीति तय गर्ने बताइएको छ ।

समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादव तीन दिन भारतमा  रहनेछन् । उजी आगामी मङ्सिर ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १० : ५२ बजे

वन्यजन्तुलाई लक्षित गरी वनमा पोखरी

म्याग्दी– म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

टोक्यो– जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

महोत्तरी– महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन्

बोलेरोको ठक्करबाट तीन जनाको मृत्यु

दमक– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर– भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ