घुस अभियोगमा प्रहरीका असई चौधरीविरुद्ध मुद्दा दायर | Khabarhub Khabarhub

घुस अभियोगमा प्रहरीका असई चौधरीविरुद्ध मुद्दा दायर


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा अस्थायी प्रहरी पोष्ट कठुधार, महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक वृजेशप्रसाद चौधरीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

चौधरीले नेपाल–भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरीद गरी ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आयोगको आरोप छ । सेवाग्राहीसँग घुस लिएको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बर्दिबासबाट गएको टोलीले चौधरीलाई रु १३ हजार घुससहित नियन्त्रणमा लिएको थियो ।

यस्तै मालपोत कार्यालय पर्साको आर्थिक वर्ष २०७०/७१ को रजिष्ट्रेसन फाँट ‘ख’मा लिखत पास गर्दा लाभकर नलिएको तथा एउटै नम्बर राखी विभिन्न रजिष्ट्रेसन पास गरेको आरोपमा तत्कालीन फाँटवाला मनदकुमार गुप्ताविरुद्ध आयोगले आरोपपत्र दायर गरेको छ । समयमै राजस्व दाखिला नगरी हिनामिना गरेको आरोपमा रु ७७ लाख ८६ हजार बिगो माग दाबी गरिएको छ ।

यसैगरी गोरखापत्र संस्थानका उपसम्पादक (तह–७) पदमा कार्यरत वासुदेव पोखरेलले स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाइ सेवा प्रवेश गरेको तथा बढुवासमेत भएको आरोपमा आयोगले उनीविरुद्ध आरोपपत्र दायर गरेको छ ।

पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको नक्कली प्रमाणपत्र पेश गरी संस्थानमा सेवा प्रवेश तथा स्तरवृद्धि गरेको आयोगको आरोप छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ९ : ३० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन