नेपाल इमर्जिङ टिम्स एसिया कपबाट बाहिरियो | Khabarhub Khabarhub

नेपाल इमर्जिङ टिम्स एसिया कपबाट बाहिरियो


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समूह चरणबाट बाहिरिएको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार समूह चरणको अन्तिम खेलमा भारतले हङकङलाई १ सय २० रनले पराजित गरेसँगै नेपाल बाहिरिएको हो ।

यदि हङकङले भारतलाई पराजित गरेको खण्डमा नेपाल नेट रन रेटको आधारमा अघिल्लो चरणमा पुग्न सक्ने सम्भावना रहेको थियो । भारतको जितसँगै नेपाल समूहचरणबाटै बाहिरिएको हो।

ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा भारतले दिएको ३ सय २२ रनको फराकिलो लक्ष्य पछ्याएको हङकङ ४७ ओभर ३ बलमा अलआउट हुँदै २ सय २ रनमा समेटियोएको थियो ।

यस समूहमा ३ खेलमा ६ अंक जोडेर बंगलादेश समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ । नेपालसँगै हङकङ पनि प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणमा नेपालले एक जित निकाल्यो । ३ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा रह्यो । समूह चरणको सबै खेल गुमाएको हङकङ भने अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको हो ।

नेपाली टोली भोलि (मंगलबार) स्वदेश फर्किने भएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ८ : १२ बजे

हात्तीपाइलेविरुद्ध साझा अभियान

महोत्तरी– मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका

कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति

टीकापुर– कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा