प्रदेश ३ का लोकसेवा अध्यक्षले लिए शपथ | Khabarhub Khabarhub

प्रदेश ३ का लोकसेवा अध्यक्षले लिए शपथ


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- प्रदेश नं ३ का प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष सुरेशमान श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले शपथ ग्रहण गराएका हुन् ।

प्रदेश प्रमुखको कार्यालय हेटौँडामा आयोजित समारोहमा मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल, सामाजिक विकासमन्त्री युवराज दुलाललगायत विशिष्ठ व्यक्तिको उपस्थिति थियो ।

शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख प्रसाईंले प्राप्त जिम्मेवारी दृढतापूर्वक पूरा गर्न अनुरोध गर्दै बधाई ज्ञापन गरे । शपथ ग्रहणपछि लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष श्रेष्ठलाई मुख्यमन्त्री पौडेल, सभामुख श्रेष्ठ तथा मन्त्रीलगायतले बधाई ज्ञापन गरेका थिए ।

लमजुङको दुराडाँडामा जन्मिएका ६१ वर्षीय श्रेष्ठ नेपाल सरकारको सचिवबाट सेवा निवृत्त हुन । उनी २०४१ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ७ : ०५ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।