४ महिनामा ६ प्रतिशत मात्रै पूँजीगत खर्च, आर्थिक वृद्धि दरको लक्ष्य घटाइयो | Khabarhub Khabarhub

४ महिनामा ६ प्रतिशत मात्रै पूँजीगत खर्च, आर्थिक वृद्धि दरको लक्ष्य घटाइयो


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कात्तिक मसान्तसम्म २ खर्ब २५ अर्ब रुपैयाँ मात्रै कूल खर्च गरेको छ ।

खर्च मध्ये एक खर्ब ९६ अर्ब रुपैयाँ चालु खर्च रहेकोमा पूँजीगततर्फ भने २४ अर्ब ६८ करोड रुपैँया मात्रै खर्च भएको छ ।

वित्तीय व्यवस्थातर्फ ४ अर्ब २७ करोड खर्च गरेको सरकारले आर्थिक वृद्धिदर समेत घटाएर ७.१ प्रतिशत बनाएको छ । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको लक्ष्य साढे ८ प्रतिशत रहेको थियो ।

आर्थिक ऐनअनुसार सरकारले कार्तिक मसान्तसम्ममा २५ प्रतिशतभन्दा बढी चालु खर्च र १५ प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने व्यवस्था छ । तर कार्तिकसम्ममा चालु खर्च २० दशमलव ५५ प्रतिशत र पुँजीगत खर्च ६ दशमलव शुन्य ६ प्रतिशतमात्रै खर्च गर्न सकेको हो ।

सरकारले चालु आर्थिक वर्षको लागि सार्वजनिक गरेको १५ खर्ब ३२ अर्ब ९६ करोडमध्ये ९ खर्ब ५७ अर्ब १० करोड चालु खर्चतर्फ, ४ खर्ब ८ अर्ब पुँजीगत खर्च र १ खर्ब ६७ अर्ब वित्तीय व्यवस्थाका लागि छुट्याएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ६ : १५ बजे

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ