घर चिन्न घर छाडौँ तर, घर नबिर्सौं | Khabarhub Khabarhub

घर चिन्न घर छाडौँ तर, घर नबिर्सौं


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६ – २०१६) को जन्म काठमाडौंको डिल्लीबजारमा भएको थियो । उनी नेपाली साहित्यका महाकविका रूपमा सु–प्रसिद्ध छन् ।

देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अद्वितिय कृतिहरू लेखेका छन् ।

विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् । यहाँ हामीले तिनै महाकवि देवकोटाका केही उत्कृष्ट भनाईहरु उल्लेख गरेका छौँ । जुन भनाई तपाईंका लागि पनि उपयोगी बन्न सक्छन् ।

– मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

– कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन ।

– सत्यका लागि त्याग गर्न जसले सक्दैन उ कदापी वीर हुन सक्दैन ।

– खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो ।

– चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाइतिर लम्कनु नै पर्वतारोही हो ।

– दर्शन भय हो कविता सत्य हो ।

– घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ ।

– जीवन एक चक्का हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।

– मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १ : ३२ बजे

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी)

१० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरिएपछि…

सिरहा– सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै परीक्षकको नेपाली विषयको