मिर्गौला पीडितले गरे प्रधानमन्त्री निवासअगाडि प्रदर्शन | Khabarhub Khabarhub

मिर्गौला पीडितले गरे प्रधानमन्त्री निवासअगाडि प्रदर्शन


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिर्गौला रोगबाट पीडितहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् ।

निशुल्क हेमोडायलाइसिसको सुविधा उपलव्ध गराउन माग गर्दै उनीहरुले प्रधानमन्त्री निवास नजिक प्रदर्शन गरेका हुन् ।

निशुल्क डायलाइसिस, जीविकोपार्जनको लागि मासिक पाँच हजार भत्ता लगायतका माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन खोजेपनि सम्भव नभएपछि उनीहरुले बाहिरै प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री आफैं मिर्गौला पीडित भएरपनि मिर्गौलापीडितको समस्या नबुझेको भन्दै उनीहरुले प्रधानमन्त्रीको आलोचना गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीपनि मिर्गौला रोगबाट पीडित छन् ।

उनको १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर केहीसमयदेखि मिर्गौलामा पुन समस्या देखिएपछि उनको तेस्रोपटक हेमोडायलाइसिस गरिएको छ ।

प्रधानमन्त्री ओलीको पुन मिर्गौला प्रत्यारोपणको तयारी गरिएको गरिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १ : ०७ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही