हङकङ तनाव– विश्वविद्यालयमा रहेका प्रदर्शनकारीमाथि प्रहरीले चलायो अश्रुग्यास र रवरको गोली | Khabarhub Khabarhub
Logo
२१ मंसिर २०७६, शनिबार

हङकङ तनाव– विश्वविद्यालयमा रहेका प्रदर्शनकारीमाथि प्रहरीले चलायो अश्रुग्यास र रवरको गोली



एजेन्सी– हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

आइतवार राति हङकङको एक विश्वविद्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यसक्रममा विश्वविद्यालयको गेटमा आगलागीसमेत भएको थियो ।

विश्वविद्यालयको प्रवेशद्वारसँगै ठूलो आगोको मुस्लो देखिएको थियो ।

प्रहरी विश्वविद्यालयमा प्रवेश गर्न खोजेपछि प्रदर्शनकारीले रोकेको र त्यसक्रमम प्रदर्शनकारीले प्रेट्रोल बम प्रहार गर्दा आगोलागेको हुनसक्ने जनाइएको छ ।

रातभर भएको प्रदर्शन र झडपछि प्रहरीले अहिले हङकङ विश्वविद्यालयलाई घेराबन्दी गरेको बीबीसीले जनाएको छ ।

धेरै प्रदर्शनकारीले विहान हुनासाथ विश्वविद्यालय छोड्न खोजेपनि प्रहरीले अश्रुग्यास र रवरको गोली प्रहार गरेर उनीहरुलाई रोक्न प्रयास गरिरहेको छ ।

हङकङमा हिंसात्मक विरोध प्रदर्शन तिब्र्र भएका कारण प्रदर्शनकारीले केही दिन देखि यो स्थानमा कव्जा जमाएका छन् ।


भर्खर