मानिस कहिले बुढो हुन्छ ? | Khabarhub Khabarhub
Logo
२० मंसिर २०७६, शुक्रबार

मानिस कहिले बुढो हुन्छ ?



मानिसको उमेर बढ्दै जानु –बुढ्यौली एक जैविक प्रक्रिया हो । २१ वौ शताब्दिमा बुढ्यौली एक महत्वपूर्ण पक्षको रुपमा देखिएको छ ।

समाजको हरेक क्षेत्रमा यसले दिर्घकालिन महत्व राख्दछ किनकि संसारमा प्रत्येक सेकेण्डमा दुई जनाले वा एक बर्षमा लगभग पाँच करोड असि लाख ब्यक्तिहरुले ६०वौ जन्मदिन मनाउँछन् ।

वर्तमान अवस्थामा कूल जनसंख्याको प्रत्येक नौ जनामा एक र सन् २०५० सम्ममा प्रत्येक पाँच जनामा एक जना ६० बर्षको उमेरका ब्यक्ति हुनेछन् ।

विकासोन्मुख देशहरुमा बुढ्यौली तिब्र गतिमा बढेको पाईन्छ । एक करोढ भन्दा बढी ज्येष्ठ नागरिकहरु भएको १५ वटा देशहरु मध्ये सात विकासोन्मुख देशहरु हुन् ।

विकासको विजयको रुपमा बुढ्यौली लाई लिन सकिन्छ । आयुमा बृद्घि हुनु मानवजातिको लागि ठूलो उपलब्धि हो । मानिसहरु लामो समय बाच्नु भनेको पोषण र सर–सफाई मा बृद्घि हुनु, औषधालयको विकास हुनु, स्वास्थ्य हेरचाह, शिक्षा तथा आर्थिकरुपमा सम्पन्न हुनु हो ।

जसको कारण बाट बिश्वका ३३ वटा देशहरुमा त्यहाका जनसंख्याको औसत आयु ८० बर्ष छ जुनचाँहि केही बर्ष अगाडिसम्म १९ देशहरुमा मात्र थियो । बर्तमान अवस्थामा जापानमा कूल जनसंख्याको ३० प्रतिसत भन्दा बढी ज्येष्ठ नागरिकहरु छन् ।

सन् २०५० सम्ममा अन्य ६४ देशहरु जापानको हाल स्थितिमा पुग्नेछन् । जनसंख्यामा भएको यस परिबर्तनले ब्यक्ति, परिवार, समाज तथा बिश्व समुदायमा सामाजिक, आर्थिक र सांस्कृतिक रुपले चुनौति गरेको हुन्छ ।

संयुक्त राष्ट्रसंघले सन् २०१९ को अगष्टमा गरिएको प्रक्षेपण अनुसार सन् १९५० मा लगभग ज्येष्ठ नागरिकहरुको जनसंख्या ८ प्रतिशत थियो । सन् २०२० सम्ममा ६० तथा माथिको उमेरको जनसंख्या बिश्वको कूल जनसंख्या ७.७ विलियनको १३.५ प्रतिशत हुने अनुमान गरिएको छ । नेपालको सन्दर्भमा सन् १९५० मा केवल ३.८ प्रतिशत ज्येष्ठ नागरिकहरुको जनसंख्या थियो भने सन् २०२० मा सो जनसंख्या ८.७ प्रतिशत अनुमान गरिएको छ ।

वृद्धावस्था किन ?

जनसंख्यामा वृद्धावस्था बढ्नु भनेको प्रजनन दर घट्नु, शिशु मृत्यु दरमा कमि आउनु तथा औसत आयुमा बृद्विहुनु नै प्रमुख कारणहरु लिन सकिन्छ ।

सन् २०१९ मा संयुक्त राष्ट्रसंघले गरेको अनुमान अनुसार गरिएको बिश्वमा सन् १९५०—५५ मा प्रजनन दर प्रति महिला ४.९७ बच्चाहरु थियो भने सन् २०१५-२०२० मा आधा घटेर २.४७ बच्चाहरु प्रति महिला रेकर्ड गरिएको छ र यो प्रक्रिया घट्दो क्रममा देखिन्छ । नेपालको यही समयमा प्रजनन दर प्रति महिला क्रमश ५.९६ र १.९३ देखाएको छ ।

यहि समयमा विश्वको औसत आयु क्रमश ४६.९६ बर्ष र ७२.२८ बर्ष अनुमान गरिएको छ भने नेपालको क्रमश ३४.५३ बर्ष र ७०.३१ बर्ष देखाएको छ ।

अहिले दुई प्रत्येक तिनमा ६० तथा माथिको उमेरका जनसंख्या छ भने सन् २०५० सम्ममा चार प्रत्येक पाचँ मा ज्येष्ठ नागरिकहरुको जनसंख्या हुनेछ ।

६० तथा माथिको उमेरका जनसंख्यालाई प्रतिशतमा तुलना गर्दा अफ्रिकामा बिश्वको कूल जनसंख्याको ६ प्रतिसत, ल्याटिन अमेरिका तथा क्यरिबियनमा १० प्रतिशत, एसियामा ११ प्रतिशत, ओसिएनामा १५ प्रतिशत, उत्तर अमेरिकामा १९ प्रतिशत र युरोपमा २२ प्रतिशत पाईन्छ ।

सन् २०५० को अनुमान गर्दा अफ्रिकामा बिश्वको कूल जनसंख्याको १० प्रतिसत, १४ प्रतिशत हुने हरुमा एसिया र ओसिएना, २५ प्रतिशत हुने ल्याटिन अमेरिका तथा क्यरिबियन, २७ प्रतिशत उत्तर अमेरिकामा र ३४ प्रतिशत युरोपमा हुनेछ ।

के हो बुढ्यौली (Ageing) ?

जब हामि बुढ्यौलीको प्रसङ्ग उठाउछौ तब जनसाङ्ख्यिक बुढ्यौली  (Demographic Ageing) र ब्यक्तिगत बुढ्यौली (Individual Ageing) को भिन्नता बुझ्न जरुरी पर्दछ । पहिलो चाहि त्यस्तो प्रक्रिया हो जस्मा कूल जनसंख्याको ठुलो हिस्सा समानुपातिकरुपमा ज्येष्ठ नागरिकहरुको संख्या हुनु हो  र दोश्रो चाहि ब्यक्तिहरु क्रमशः वृद्धावस्थामा जाने प्रक्रियाको हो ।

मानिस कहिले बुढो हुन्छ – ५० बर्षमा, ५५ बर्षमा, ६० बर्षमा, ६५ बर्षमा, ७० बर्षमा, ७५ बर्षमा ? बिश्वब्यापी रुपमा मानिने यस्को स्पष्ट परिभाषा छैन् ।

सन् २०१५ मा सम्पन्न भएको नेपाल ज्येष्ठ नागरिक सर्वेक्षणको पछिल्लो नतिजा अनुसार विभिन्न उमेर समूहका व्यक्तिहरुलाई गुणात्मक विधि प्रयोग गरि सोधिएको प्रश्नमा ९० प्रतिशत भन्दा बढी उत्तरदाताहरुले ६० बर्षबाट बुढ्यौली सुरुहुन्छ आफ्नो विचार दिएका थिए ।

विकशित देशहरुका बिभिन्न बिद्घानहरुले बुढ्यौलीको परिभाषा गरेको पाईन्छ । विकासोन्मुख देशहरुमा बुढ्यौलीको परिभाषा स्पष्टरुपमा गरेको पाईदैन । देश परिस्थिति अनुसार बुढ्यौलीको परिभाषा हेरुनु पर्दछ ।

विकसित मुलुकहरुमा वृद्धावस्था ६५ बर्ष आधार बनाएता पनि विकासोन्मुख देशहरुमा बुढ्यौली ६० बर्ष देखि मानेको पाईन्छ जुनचाहि १९८२ मा अष्ट्रियाको राजधानी भियानामा जुलाई २६ देखि अगस्त ६ सम्म राष्ट्रसंघको तत्वावधानमा वृद्धावस्था सम्बन्धी पहिलो विश्वसम्मेलनले पारित समेत गरियो ।

मानवशाश्त्रीहरुले यस निश्चित संख्यात्मक परिभाषालाई बिश्ब्यापीरुपमा लिन नसकिने बताएका छन् र कुनै ६० वा ६५ बर्षबाटनै बुढ्यौली सुरुहुन्छ भन्नु पश्चिमि देशहरुले सजिलो दृष्टिकोणबाट गरिएको एक जनसांख्यीक सुत्रमात्र ठान्छन् ।

गैह्—पश्क्षिमि देशहरुको अनुभव लिन सन् १९८० को दशक मा Cynthia Beall and Melvyn हरुले नेपालको हेलम्बुमा शेर्पा समुदायमा दुवै मानवशाश्त्र तथा संख्यात्मकको दृष्टिकोणबाट वृद्धावस्था सम्बन्धी अध्ययन गरेका थिए जसअनुसार ५० बर्षलाई वृद्धावस्थाको तल्लो cut-off बिन्दु मानेका छन् ।

यसको बाबजुद नेपालका जनसंख्याशास्त्रीहरुले बुढ्यौलीको cut-off बिन्दु ६० बर्ष लाई नै आधार बनाएर यस संम्बन्धि अध्ययन अनुसन्धान गरिएको पाईन्छ । ६० बर्षको cut-off  बिन्दुलाई यसरी प्रमाणित गर्न सकिन्छ ।

सबैभन्दा पहिले उमेर ६० बर्ष सरकारी कर्मचारीको सेवानिवृत्ति उमेर हो । दोस्रो, उमेर ५९ एक आर्थिक हिसाबले सक्रिय जनसंख्याको माथिल्लो सीमा हो र यो अनुपातले एक विश्वव्यापी समर्थन प्राप्त गरेको छ। तेस्रो, हाम्रो सरदर आयु पछिल्लो तथ्यांक अनुसार ६० बर्ष भन्दा बढी छ ।

प्रजनन् दर घट्नाले सानो जन्म समूह बन्दछ ज्येष्ठ नागरिकहरुको संख्याको तुलनामा ब्यक्तिहरुको औषत आयु नबढे पनि युवा पुस्ताको संख्या ठूलो हुन्छ

सन् २०१५ मा सम्पन्न भएको नेपाल ज्येष्ठ नागरिक सर्वेक्षणको पछिल्लो नतिजा अनुसार विभिन्न उमेर समूहका व्यक्तिहरुलाई गुणात्मक विधि प्रयोग गरि सोधिएको प्रश्नमा ९० प्रतिशत भन्दा बढी उत्तरदाताहरुले ६० बर्षबाट बुढ्यौली सुरुहुन्छ आफ्नो विचार दिएका थिए ।

बृद्घास्थको जनसाङ्ख्यिक संक्रमण (Demographic Transition of Ageing)

जब मृत्यु दर घट्छ र ब्यक्तिहरु लामो समय बाच्छन् भने जनसंख्याको औषत उमेर बढ्रछ र जनसंख्यामा बुढ्यौलीको प्रक्रिया सुरु हुन्छ । त्यस्तै गरेर प्रत्येक जन्म समूहको आकारको प्रभाव पुस्ताको गुणात्मक आकारहरुमा पर्दछ ।

प्रजनन् दर घट्नाले सानो जन्म समूह बन्दछ ज्येष्ठ नागरिकहरुको संख्याको तुलनामा ब्यक्तिहरुको औषत आयु नबढे पनि युवा पुस्ताको संख्या ठूलो हुन्छ ।

नयाँ पुस्ताको जन्म र तत्कालिन बाँचेकाहरुले जनसंख्याको उमेर बनावटलाई प्रभाव पार्दछ । यस्तो प्रक्रिया लाई बृद्घास्थको जनसाङ्ख्यिक संक्रमण भनिन्छ जस्मा ५ अवस्थाहरु हुन्छन ।

१. बिस्तारै जन्म दरहरु घट्नु वा स्थिर हुनुका साथसाथै मृत्युदरहरु पनि बिस्तारै घट्नु ।

२. जस्तै बृद्घास्थको दर मध्यम हुनु र परम्परागत उच्च आप्रवासन दर घट्नु ( जस्तै अमेरिका, अस्ट्रेलिया र क्यानडा)।

३. ज्यादै द्रुतगतिमा बृद्घास्थ दर बढ्नु जस्मा छिटो वा धेरै छिटो रुपमा जन्मदरहरु घट्नुका साथै मृत्युदरहरु पनि घट्नु (जापान, ल्याटिन अमेरिकाका केही भागहरु, चिन आदि देशहरु)।

४. प्रायः विकसित राष्ट्रहरु र नया औधोगिक देशहरु जहाँ प्रजनन् दर का साथै मृत्युदरहरु पनि घटेर पहिलैको युवा जनसंख्यामा गुणात्मक तवर बाट बिस्तारै बृद्घास्थ हुनु ।

५. जहाँ निम्न जन्मदरहरु र स्थिर वा मृत्युदरहरु बढेको कारणबाट मध्यम अवस्थाबाट विस्तारै जनसंख्यामा आएको  बृद्घास्थको अवस्था (पूर्व सोभियत संघ र पूर्वि युरोप)।

विकसित राष्ट्रहरुमा औधोगिक क्रान्ति पछि लामो समयको अन्तरालमा आएको बहुसंख्यक जनसंख्याको जीवनस्तरमासुधार र प्रजनन् दरमा पहिलै घटेको परिणामबाट बृद्घास्थको स्थिति छिटोरुपमा बिकसित भएको पाईन्छ ।

बिकासोन्मुख देशहमा उच्चखालको प्रबिधि र औषधिको कारणले औषत आयुमा बृद्वि  हुनु र द्रुतगतिमा प्रजनन् दरमा आएको परिवर्तनले जनसंख्यामा बृद्घास्थको स्थितिमा बृद्धि  भएको पाईन्छ ।  नेपालमा बृद्घास्थको जनसाङ्ख्यिक संक्रमण (Demographic Transition of Ageing) लाई ६ किसिमका मापनहरुले परिभाषा गर्न सकिन्छ र त्यसको लागि जनगणना (१९११—२०११) का तथ्याङ्कहरु लिईएको छ ।

तालिका ६० र माथिका उमेरका ज्येष्ठ नागरिकहरु सन् १९११ देखि सन् २०११

जनगणना बर्ष १९११ १९२१ १९३१ १९४१ १९५२/५४
६० र सो माथिका ज्येष्ठ नागरिकहरु (%)

बृद्धास्थाको सुचांक*

वृद्धास्था निर्भरता दर**

औषत आयु

कोरा जन्मदर

शिशु मृत्यु दर

४.२८

११.६७

७.५०

१९.१८

५०.००

२३६.५९

४.१५

१०.६३

७.३१

२१.७१

५०.२०

२२६.५९

५.२७

१४.१५

९.१७

२४.२७

४४.८२

२१६.९९

५.३३

१३.६१

९.६०

३०.४५

४०.७०

१९३.८१

५.५८

११.८७

११.२०

३४.८३

४७.७४

१७७.३९

जनगणना बर्ष १९७१ १९८१ १९९१ २००१ २०११
६० र सो माथिका ज्येष्ठ नागरिकहरु (%)

बृद्धास्थाको सुचांक

वृद्धास्था निर्भरता दर

औषत आयु

कोरा जन्मदर

शिशु मृत्यु दर

५.८८

१२.११

१२.९०

४१.९६

४२.१४

१५०.६५

५.७१

११.३८

१२.९५

४८.२०

३९.९५

१२७.२५

५.८०

११.१३

१३.७८

५३.८२

३७.३०

१०६.१८

६.४९

१३.०२

१४.८७

५८.००

३१.००

६४.००

८.३४

१४.२८

१०.२१

६८.००

२९.००

४६.००

* बृद्धास्थाको सुचांक = ६० र सो बर्ष भन्दा माथिको कूल जनसंख्यालाई १४ बर्ष सम्मको कूल बच्चाबच्चीहरुको संख्याले भाग गरि १०० ले गुणा गर्ने । ** वृद्धास्था निर्भरता दर‍= ६० र सो बर्ष भन्दा माथिको कूल जनसंख्यालाई १५ देखि ५९ बर्षको कूल जनसंख्याले भाग गरि १०० ले भाग गर्ने

कोरा जन्म दर र शिशु मृत्यु दर कमि भएका कारणबाट नै औषत आयु सन् १९११ बाट नै बढ्न सुरुभएको माथिको तालिकाबाट स्पष्ट हुन्छ । मृत्यु दर घट्दै जादा जनसंख्यामा ज्येष्ठ नागरिकहरुको संख्या बढ्दै गएको देखिन्छ ।

ब्यक्तिको जीवन अवस्था 

वृद्धावस्थाको कार्य क्षमता (Functional Capacity of Population Ageing): कुनै पनि ब्यक्तिको उमेर बढ्दै गएपछि कार्य क्षमता घट्न सुरु हुन्छ । सन् २००२ मा WHO ले कसरी वृद्धावस्थाको कार्य क्षमता वाताबरणको माग र सहयोगमा निर्भर गर्दछ भनेर तलको चित्रमा स्पष्टरुपमा देखाएको छ ।

बृद्घास्थ अवस्थालाई हेर्ने धार्मिक दृष्टिकोण

हिन्दु संस्कृति अनुसार मानवको जीवनचक्रलाई चार प्रकारले हेरिएको छः बिद्यार्थी, गृहस्थि, वनप्रस्थान र सन्यास । पछिल्ला दुई अवस्थाहरु बृद्घास्थसंग सम्बन्धित छ । मनुले प्रतिपादित गरेको कानूनले बृद्घास्थलाई निम्नअनुसार ब्याख्या गरेको छ ।

बुढ्यौली र पुरुषहरूको जीवन

घरमूलिको रूपमा वैदिक नियम अनुसार दृढ संकल्प र आफ्नो इन्द्रियको अधीनमा रहदै दुई पटक जन्मनु (भौतिकरुपमा जन्मनु र धार्मिक अनुष्ठान बाट शुद्धिकरण गरि आश्रमको दोश्रो तहमा प्रवेश हुनु) पर्दछ,  आफ्ना सबै चीजहरू त्यागेर जंगलमा प्रवेश गर्नुपर्नेछ र आफ्नी पत्नीलाई छोराको हेरचाहमा राख्नु पर्छ।

लामो समय बाच्ने उमेर लाई मृत्यु हुने उमेर दाजेर हेर्नुपर्ने हुन्छ । यदि कुनै ब्यक्तिको मृत्युहुने कारणहरुलाई रोकथाम गर्न सकियो भने सो ब्यक्ति धेरै बाच्न सक्छ । यस्तो उमेर पनि वंशानुगत आधारमा ब्यक्तिहरु पिच्छे फरक हुन्छ ।

उसले निरन्तर वेदको अध्ययन गर्नुपर्दछ र आत्म-नियन्त्रित, सबैको हितैषी, आत्मिक रूपले रमाईलो, सँधै दानी र कहिल्यै नलिने र सबै प्राणीप्रति अनुकम्पापूर्ण हुनुपर्दछ। यसैले जंगलमा आफ्नो जीवनको तेस्रो चरण पार गरिसकेपछि, उसले सांसारिक वस्तुहरूसँगको सबै लगाव त्यागेर आफ्नो जीवनको चौथो भागमा तपस्वी हुनु पर्छ । आत्मिक सिद्धि प्राप्त गर्न ऊ सँधै कुनै सहयोगी बिना एक्लै घुम्नु पर्दछ- स्पष्ट छ कि  यस्तो प्राप्ति एक्लो मानिसमा मात्र सम्भव छ जसले मोह त्याग्छ ।

बुढ्यौली महिलाहरूको जीवन

चाहे ऊ बच्ची हो वा युवती ‍वा बुढी महिला घरमा पनि उनी आफैंले कुनै कार्य गर्नु हुँदैन । बाल्यकालमा उनी आफ्नो बुबाको नियन्त्रणमा रहनुपर्दछ, युवावस्थामा उनको पतिको अधीनमा, पतिको मृत्युमा उनको छोराको अधिनमा; महिलाले स्वतन्त्रताको सहारा लिनु हुँदैन। उनको मृत्यु सम्म उनी धैर्य, आत्म-नियन्त्रित र शुद्ध रहनुपर्दछ – यी अत्यधिक उत्कृष्ट गुणले गर्दा  खोज्दै कि एकल पति रहेको महिलाहरु बृद्धि हुन्छन् । उनी आफ्नो पतिको प्रति आफ्नो कर्तव्यमा विफल हुनुहुदैन, उनको विचार, बोली र शरीरमा राम्रो नियन्त्रण हुनुपर्छ जस्ले गर्दा आफ्नो पतिको ह्दयमा पुग्छे र सबै सज्जनहरु द्वारा “राम्रो” भनिन्छ ।

औसत आयु र दिर्घायुमा भिन्नता

कुनै पनि व्यक्तिको जीवनभर रहेमा औसत रूपमा बाँच्नसक्ने उमेर (आयु) नै जन्मँदादेखिको औसत आयु (Life Expectancy at Birth) हो जुन उमेर निकाल्दा उमेर बिशिष्ट मृत्यु दर भबिष्यसम्ममा एउटै हुने अनुमान गरिन्छ । सन् १९०० तिर विकसित देशहरुमा औसत आयु ४५ र ५० बर्षको बिचमा थियो भने सन् २०२० मा ७३ बर्ष पुग्ने अनुमान गरिएको छ ।

कुनै पनि व्यक्ति लामो समय सम्म बाच्न सक्ने अवस्थालाई  नै दिर्घायु (Longevity) भनिन्छ  । सन् १७९९ मा बिश्वमा सबैभन्दा बढी बाच्ने ब्यक्तिको उमेर १०३ बर्ष थियो । सन् १८९८ मा बाच्नेको उमेर बढेर ११० बर्ष र सन् १९९० मा ११५ बर्ष पुगेको थियो । सन् १९९७ मा फ्रेन्च महिलाको  १२२.४५ बर्षको उमेरमा मृत्यु भएको थियो । यस दशकमा धेरै बर्ष बाच्नेहरुको संख्यामा बृद्वि हुदै गएको र यो प्रक्रिया निरन्तर छ ।

लामो समय बाच्ने उमेर लाई मृत्यु हुने उमेर दाजेर हेर्नुपर्ने हुन्छ । यदि कुनै ब्यक्तिको मृत्युहुने कारणहरुलाई रोकथाम गर्न सकियो भने सो ब्यक्ति धेरै बाच्न सक्छ । यस्तो उमेर पनि वंशानुगत आधारमा ब्यक्तिहरु पिच्छे फरक हुन्छ ।

अर्को पक्ष के भने कुनै ब्यक्तिको मृत्यु प्रमाणित सैधान्तिक दायरा भित्र हुन्छ भने जनसंख्याको जिवन तालिका (Life Table) आयतकार हुन्छ किनकि कुनै पनि ब्यक्ति यस्तो अवस्थामा सबैभन्दा बढी बाच्न सक्छ या  ८० वा ९० बर्ष सम्म मृत्यु हुदैन् जस्ले गर्दा ब्यक्तिको लामो समय सम्म बाच्ने दायरा पुग्छ । वास्तविक जीवन तालिकामा यस्तो प्रक्रिया देखाउन सकिदैन् ।

स्विट्जरल्याण्डमा सन् १९७० को दशक देखि नै जीवन तालिकामा औषत आयुको बृद्विमा दिर्घायु र नमूना मृत्युको उमेर दुवैको बृद्विले आयु बृद्विमा समान भुमिका (प्रत्येकले ५० प्रतिशत) खेलेको देखिन्छ ।

बुढ्यौली अर्थात काल प्रभवनलाई बहुपक्षीय पद्धति वा क्रमबद्ध श्रृंखला भनिन्छ । किनभने आयुको वृद्धिसँगै बुढेसकालमा बहुसंख्यक आयामहरू क्रमशः ह्रास हुँदै जान्छन् । शारीरिक कार्य–प्रकार्य क्षमता, आन्तरिक अवयवहरूको सामथ्र्य, मांशपेशीयपुञ्ज, प्रतिकृयासमय आदि कम हुँदै जान्छन् ।

यस्तो अवस्थामा दिर्घायु र औसत आयुहरु को भिन्नता औधोगिक मुलुकहरुमा ५—७ बर्ष देखिन्छ भने विकासोन्मुख देशहरुमा अलि बढी फरक देखिएको छ । सन् २००९ मा WHO ले गरेको अध्ययन अनुसार इथोपिएन महिलाको औषत आयु ५६ बर्ष र नमूना मृत्युको उमेर ७५ बर्ष थियो । धेरै र थोरै औषत आयु हुने देशहरुको फरक ३१ बर्ष देखिन्छ । ६० बर्ष उमेरका पश्क्षिमी अफ्रिकनका महिलाहरु अर्को १६ बर्ष बाच्न सक्छन् भने उत्तर अमेरिकनका सोही उमेरका महिलाहरु २५ बर्ष बाच्न सक्ने अनुमान गरिएको छ ।

बुढ्यौलीको बर्गिकरण र यस्को जानसांख्यिक अवस्था

वृद्धत्वप्रकृया (Senescence) मुख्यतया दुई प्रकारका हुन्छन् । पहिलो कोशीय वृद्धत्व प्रकृया (Cellular senescence) र दैहिक वृद्धत्व प्रकृया (Organismal senescence)। पहिलो प्रकृयामा, पृथक वा भिन्नकोशहरू विभाजन हुने सीमान्त स्थितिमा पुगेपछि वार्धक्य शुरु हुन्छ । दोस्रोमा सम्पूर्ण शरीर नै बुढ्यौलीतर्फ उन्मुख हुन्छ, जुन सामान्यतया शारीरिक वृद्धिको प्रकृया रोकिनासाथ शुरु हुने गर्दछ ।

बुढ्यौली अर्थात काल प्रभवनलाई बहुपक्षीय पद्धति वा क्रमबद्ध श्रृंखला भनिन्छ । किनभने आयुको वृद्धिसँगै बुढेसकालमा बहुसंख्यक आयामहरू क्रमशः ह्रास हुँदै जान्छन् । शारीरिक कार्य–प्रकार्य क्षमता, आन्तरिक अवयवहरूको सामथ्र्य, मांशपेशीयपुञ्ज, प्रतिकृयासमय आदि कम हुँदै जान्छन् । ज्येष्ठ नागरिकहरुको जनसंख्यालाई उमेर अनुसार तिन भागमा बर्गिकरण गरिएको छ ।

१. ६० देखि ६९ बर्ष सम्म उमेरकालाई युवा ज्येष्ठ नागरिक (Younger Old) भनिन्छ । यस उमेरका प्रायः शारीरिक र आर्थिक रूपमा आत्मनिर्भर नै हुन्छन् ।

२. ७० देखि ७९ बर्ष सम्म उमेरकालाई सामान्य ज्येष्ठ नागरिक (Old) भनिन्छ । यो समूहका अधिकांश वृद्ध शारीरिक र मानसिक रूपमा निकै कमजोर भइसकेका हुन्छन् ।

३. ८० र त्यस भन्द माथिका उमेरका बयो ज्येष्ठ नागरिक (Oldest Old) भनिन्छ । यो उमेरमा शारीरिक र मानसिक रूपबाट परनिर्भर हुन पुगेका हुन्छन् । यो उमेरमा उनीहरू जिम्मेवारीबाट प्रायः मुक्त हुन्छन् । यो अवस्थालाई पूर्ण वृद्धावस्था पनि भनिन्छ ।

सन् २०१९ मा संयुक्त राष्ट्रसंघले गरेको अनुमान अनुसार विश्वमा बयो ज्येष्ठ नागरिक (Oldest Old) को जनसंख्या द्रुत गतिका बढ्दो छ । अहिले बिश्वका ८० र त्यस भन्द माथिका उमेरका जनसंख्या ०.६ प्रतिशत थियो भने सन् २०२० सम्ममा यो प्रतिशत बढेर १.९ प्रतिशत अनुमान गरिएको छ । नेपालमा यही समयमा क्रमश ०.१ र ०.८ प्रतिशत देखाएको छ ।

बिशेष उमेर अनुसार हेर्दा जस्तो उदाहरणको लागि १०० बर्षका ज्येष्ठ नागरिक हरुको जनसंख्या झन छिटो रुपमा बढेको पाईन्छ । विश्वमा सन् १९५० मा १०० बर्षका ज्येष्ठ नागरिक हरुको जनसंख्या ३४,००० थियो भने सन् २०२० मा यो संख्या बढेर ५७३,००० हुने अनुमान गरिएको छ । नेपालमा सन् १९५० मा १०० बर्ष पुरा गरेको व्यक्तिको संख्या सुन्य थियो भने सन् २०२० मा ९८ जना हुन सक्ने अनुमान गरिएको छ । चिनमा हालसालै ७४,६९० र भने भारतमा ४७,९३९ जना १०० बर्ष पुगेका ज्येष्ठ नागरिकहरु छन भन्ने अनुमान गरिएको छ ।

ज्येष्ठ नागरिकहरुको आर्थिक तथा सामाजिक सम्पनता

हेल्प एज इण्टरनेसनलले सन् २०१३ मा ४ वटा मुख्य क्षेत्रहरु जस्तै आर्थिक सुरक्षा, स्वास्थ्य अवस्था, रोजगार र वातावरणिय सक्षमतामा आधारित भएर समग्रमा ९१ देशहरुको श्रेणिकरण गर्दा नेपाल ७७ वौ स्थानमा पाइएको छ । चार क्षेत्रहरुमध्ये नेपालमा ज्येष्ठ नागरिकको आर्थिक सुरक्षामा राम्रो अवस्था देखिएको छ ।

पन्ध्रौ योजनामा ज्येष्ठ नागरिक

सोचः ज्येष्ठ जागरिकको सरंक्षण र सम्मानित जिवनको प्रत्याभुति गराउने ।

लक्ष्यः ज्येष्ठ नागरिकको जिवन सम्मानित, सुरक्षित र व्यवस्थित बनाई उनीहरुको ज्ञान, सीप र अनभुवलाई राष्ट्रले सम्बृद्धिका लागि उपयोग गर्ने

उद्देश्य:

१. परिवारिक, आर्थिक र कानुनी  सरंक्षणको माध्यमबाट ज्येष्ठ नागरिकको हक अधिकारको संरक्षण र प्रवर्धन गर्नु ।

२. ज्येष्ठ नागरिकलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउनु ।

३. ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई आर्थिक-सामाजिक रुपान्तरण र विकासमा उपयोग गर्नु ।

अपेक्षित उपलब्धिः ज्येष्ठ नागरिकहरुको ज्ञान, सीप र अनुभवको सामाजिक विकास र पूर्वाधार निर्माणमा उपयोग भएको हुने, असहाय, असक्त र परित्यक्त ज्येष्ठ नागरिक संरक्षित भएको हुने, ज्येष्ठ नागरिक माथि हुने हिंसा तथा दुर्व्यवहारमा कमि आएको हुने र ज्येष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र एवम् आरोग्य आश्रमको स्थापना र संचालन भएको हुनेछ ।

(प्रा.डा.सुवेदी ग्रामीण विकास केन्द्रीय विभागमा प्राध्यापन गर्छन्)


भर्खर