पूर्व राजा ज्ञानेन्द्रको ‘विन्दास मुड’, नाँचेको भिडियो बन्यो भाइरल (भिडियोसहित) | Khabarhub Khabarhub

पूर्व राजा ज्ञानेन्द्रको ‘विन्दास मुड’, नाँचेको भिडियो बन्यो भाइरल (भिडियोसहित)


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्व राजा ज्ञानेन्द्र शाह नाँचेको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

काठमाडौंको एक रेस्टुरेन्टमा नाँच्दै गरेको दृश्य आइतवारबाट सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

छोरी प्रेरणा र बुहारी हिमानीका साथमा रहेका पूर्व राजा ज्ञानेन्द्र लर्ड अफ ड्रिङ्स (एलओडी) मा नाचेको भिडियो भाइरल भएको हो ।

‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ बोलको गीतमा पूर्व राजा ज्ञानेन्द्र नाचेका छन् ।

भिडियोमा पूर्व राजा ज्ञानेन्द्र विन्दास पारामा नाँचेको देख्न सकिन्छ ।

उनी त्यहाँ उपस्थित भएका सर्वसाधारणसँग पनि नाँचेका छन् ।

भिडियोमा पूर्व राजा बालकुनीमा नाँचिरहेको देखिएको छ ।

म्युजिकमात्र सुनिएको गीतमा ज्ञानेन्द्र परम्परागत रुपमा नाँचेका छन् ।

ढाका टोपी कोट र पाइन्टमा रहेका पूर्व राजा नाँचिरहँदा तल बसेका सर्वसाधारणले हुँटिङ गरिरहेका भिडियोमा देख्न सकिन्छ ।

केही बेर नाँचेपछि उनले तल रहेका सर्वसाधारणलाई फ्लाइङ किस दिन्छन् भने नमस्कार गर्दै अभिभादन गर्छन् र हिँड्छन् ।

एलओडीले १६ नोभेम्बर(हिजो) युट्युवमा अपलोड गरेको एक भिडियोमा पूर्व राजपरिवारका सदस्यको अप्रत्याशित भ्रमण भनिएको छ । जहाँ उनी विन्दास मुडमा नाँचिरहेका छन् । हात हल्लाउँदै नाचिरहेका उनी बेलाबेलामा तल रहेका मानिसलाई नमस्कार गर्छन् भने बेलाबेलामा हात हल्लाउँछन् ।

भिडियोमा देखिए अनुसार उनी बालकुनीबाट तल झरेर मानिसहरुसँग भेट गर्छन् नमस्कार ग्रहरण गर्छन् र अरुलाई नमस्कार गर्दै हात मिलाउँदै हिँड्न । पूर्व राजको नाँचेको भिडियोमा हिमानी लगायतका राजपरिवारका सदस्य पनि रमाउँछन् ।

उनलाई छुन र नमस्कार गर्नेको बाक्लो क्रेज रहेको हुन्छ । त्यसक्रममा त्यहाँ भेला भएका केही युवतीसँग हात समाएरसमेत पूर्वराजा नाँचन् । अंगालो मार्छन्, सेल्फी खिच्नेको लागि समय दिन्छन् ।

लगाएको कोट खोलेर पूर्व राजा विन्दास रुपमा नाँच्छन् । सेतो सर्टमा उनी केही बेर कोट खोलेर नाँछन् । उन्मुक्तरुपमा हात फैलाउँछन् । मन्दमुस्कान् छर्छन् ।

राजपरिवारका अन्य सदस्यपनि उनीसँग ताली बजाउँछन्, नाँचछन् ।

पूर्व राजको विन्दास मुड

सामाजिक सञ्जालमा केहीले पूर्व राजाको विन्दास मुडको प्रशंसा गरेका छन् भने केहीले आलोचना ।

आलोचकहरुले पूर्व राजपरिवार यही मनोरञ्जन र विन्दासपनका कारण संकटमा परेको टिप्पणी गरेका छन् । केहीले भने देशको सीमा अतिक्रमण भएको बेलामा नाचेर बस्नु भन्दै कटाक्ष गरेका छन् ।

कतिपयले ‘रातो र चन्द्र सूर्य’ बोलको गीतमा नाचेको भन्दै पूर्व राजपरिवारलाई देशको माया भएको भन्दै राजतन्त्रको वकालत पनि गरेका छन् ।

०००
पूर्व युवराज पारश साहका कारण पछिल्लो समय पूर्व राजपरिवार तनावमा रहेको छ ।

पूर्व युवराज पारशको ‘आवारा’ ताबाट वाक्क बनेका पूर्व राजा ज्ञानेन्द्रसहितका सदस्यहरु भने धेरैजसो कार्यक्रममा एकै स्थानम देखिने गरेका छन् । मनोरञ्जन गर्ने गरेका छन् । पारश साहका कर्तुतका कारण उनलाई भने निर्मल निवासमा नै रोक लागेको छ ।

पछिल्लो समय पारश शाह मोडल तथा भिजे सोनिका रोकायसँग हिँडिरहेका छन् । दुई साता अघि पोखरामा फेला परेका पारस सोनिकालाई बाइकको पछाडि राखेर हुँइकिएका थिए ।

त्यस्तै सोनिकासँगै मुक्तिनाथ पुगेर पारस साधुको भेषमा देखिएका थिए भने केही भिडियोमा पारस पिङ खेलिरहेको र सोनिकाका लागि पिङ मच्चाइरहेकासमेत देखिएका छन् ।

पूर्व राजपरिवारको सदस्य भएपनि पारसले मर्यादा छोडेपछि पूर्व राजा ज्ञानेन्द्र, पत्नी हिमानी लगायत राजपरिवारका सदस्यहरु तनावमा रहनु र त्यो तनावबाट मुक्तिपाउनका लागि मनोरञ्जनमा लाग्नु स्वभाविक भएको सामाजिक सञ्जालहरुमा चर्चा गरिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ८ : ३३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन