गण्डकी प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत | Khabarhub Khabarhub

गण्डकी प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष पेश गरिएको छ ।

प्रदेश प्रमुखको सचिवालयमा आयोजित समारोहमा मुख्य न्यायाधिवक्ता डा राजेन्द्र घिमिरले प्रदेश प्रमुख कुँवरसमक्ष आव २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा घिमिरेले प्रतिवेदनमा समावेश भएका विषयलाई बुँदागत रुपमा प्रस्तुत गरेका थिए । गण्डकी प्रदेश सरकारले २०७४ चैत ८ गते डा घिमिरेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको थियो ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख कुँवरले कानूनी एवं संवैधानिक व्यवस्थाअनुसार मुख्य न्यायाधिवक्ताको कार्यालयले आफ्नो कर्तव्य पूरा गरेको बताए ।

मुख्य न्यायाधिवक्ता डा घिमिरले कार्यालय स्थापना भए पश्चात आव २०७५÷७६ मा मुख्य न्यायाधिवक्ताको कार्यालयबाट भए गरेका काम, त्यसको प्रभावकारिता, हासिल गरेको सफलता, कार्यसम्पादनमा आएका चुनौती र सुधारका लागि सुझावलगायतका विषय प्रतिवेदनमा समेटिएको जानकारी दिए ।

गत आवमा मुख्यतः कार्यालय स्थापना, त्यसको व्यवस्थापन, मुख्यमन्त्रीको कार्यालय, विधेयक समिति, विधायन समिति एवं स्थानीय तहमा कानून तर्जुमा सहजीकरणमै समय बितेको उनले बताए । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी पौडेललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ९ : ०२ बजे

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई