त्रिविको निजीतर्फको परीक्षा फाराम भर्ने समय थप गर्‍यो | Khabarhub Khabarhub

त्रिविको निजीतर्फको परीक्षा फाराम भर्ने समय थप गर्‍यो


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यार्थीको परीक्षा फाराम भर्ने चाप बढेपछि त्रिभुवन विश्वविद्यालयले समय थप गरेको छ ।

निजीतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको फाराम भर्नेको सङ्ख्यामा बढेपछि कात्तिक ८ गतेसम्मका लागि समय थप गरिएको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए ।

उनका अनुसार दोब्बर दस्तुरमा कात्तिक १९ गतेसम्मका लागि समय थप गरिएको छ । अहिलेसम्म जनप्रशासनमा पाँच हजार र राजनीतिकशास्त्रमा छ हजारले परीक्षा फाराम भरिसकेका छन् ।

भोलि शुक्रबारसम्म तोकिएको दस्तुर र १५ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्ने समय तोकिएको थियो । गत वैशाखमा त्रिविले स्नातकोत्तर तहको जनप्रशासन र राजनीतिक शास्त्र विषयको निजीतर्फको फाराम खुल्ला गरेको थियो ।

सेमेष्टर प्रणाली शुरु भैसकेकाले यस वर्ष निजीतर्फको अन्तिम परीक्षा हुने भएकाले फाराम भर्ने विद्यार्थीको सङ्ख्या बढेको बढेको छ । सहनियन्त्रक अधिकारीले वार्षिक परीक्षाअन्तर्गत निजीतर्फ भर्ना लिने वा नलिने भन्नेमा अझै निर्णय नगरिएको बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  २ : १४ बजे

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत