विप्लव नेकपाका आठ कार्यकर्ता सार्वजनिक | Khabarhub Khabarhub

विप्लव नेकपाका आठ कार्यकर्ता सार्वजनिक


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै धमाधम चन्द समूहका कार्यकर्ता देशभर नै पक्राउ परिरहेका छन् ।

हिंसात्मक गतिविधि गरेको भन्दै चन्द समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै पछिल्लो समय झापामा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । चन्द समूहका जिल्ला सेक्रेटरी प्रवीण मिश्र (मनिष)सहित आठ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले मंगलबार जिल्ला प्रहरी परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

उनीहरुलाई जिल्लामा शृङ्खलाबद्ध बम विस्फोट गराएको आरोपमा प्रहरीले पक्राउपछि सार्वजनिक गरेको हो । विप्लव समूहका कार्यकर्तासँग बरामद गरिएका हातहतियार, चन्दा रसिद, पार्टीका दस्तावेजलगायतका सामग्रीसमेत प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

पछिल्लो समय झापाका विभिन्न पालिकामा शृङ्खलाबद्ध रूपमा बम विस्फोट गराएर जनजीवन त्रसित बनाएको भन्दै प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले विप्लव समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा जिल्ला सेक्रेटरी इलाम माङ्सेबुङ गाउँपालिका–१ निवासी ३४ वर्षीय प्रवीण मिश्र (मनिष), जिल्ला सदस्य झापा हल्दिबारी गाउँपालिका–५ निवासी ४४ वर्षीय टीका पोखरेल र मकवानपुर भीमफेदी गाउँपालिका–२ निवासी २६ वर्षीय अनुलसारु मगर रहेका छन् ।

बिर्तामोडमा डेरा गरी बस्दै आएका सेक्रेटरी मनिष, जिल्ला सदस्य पोखरेल सडक विभागको ठेकेदारको काम र मगरले जापानिज भाषा सिक्न बसेको भन्दै ढाँटेर डेरामा बस्ने गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरीले तीनै जनालाई विशेष सूचनाका आधारमा सोमबार बिर्तामोडबाट पक्राउ गरेको थियो । सेक्रेटरी मनिष र सदस्य पोखरेल सोमबार बिहान पक्राउ परेका थिए भने मगरलाई दुई थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली, चन्दा रसिद, पार्टीका दस्तावेजसहित प्रहरीले सोमबार साँझ उनकै डेराबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए ।

पक्राउ परेका मगर बम बनाउने काममा सक्रिय रहेको अनुसन्धानका क्रममा खुलेको प्रनाउ श्रेष्ठको भनाइ छ । उनीहरूले भदौ २२ गते बिर्तामोड र गौरदाहमा बम विस्फोट गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रनाउ श्रेष्ठले बताए ।

बिर्तामोडको वडा कार्यालयमा बम विस्फोट गराएको आरोपमा पाँचथर जिल्ला इन्चार्ज ताप्लेजुङ त्रिवेणी गाउँपालिका–३ पञ्चमी टोल निवासी २७ वर्षीय राजु दास, ताप्लेजुङ जिल्ला इन्चार्ज जिल्ला ताप्लेजुङ सिद्धिङबा गाउँपालिका–४ निवासी ३५ वर्षीय सकल भन्ने सागर लिम्बू, मेची ब्यूरो समन्वय समिति अध्यक्षका साथै केन्द्रीय सदस्य ताप्लेजुङ त्रिवेणी गाउँपालिका–५ दोभान गाउँ निवासी २४ वर्षीय सन्देश भन्ने गणेश कार्की (ढोली), ताप्लेजुङ जिल्ला सेक्रेटरी (सचिव) सोही जिल्ला फक्तामलुङ गाउँपालिका–२ खेजेनिम बस्ने ५५ वर्षीय नरपति पौडेल र ताप्लेजुङ जिल्ला कमिटी सदस्य सोही जिल्ला फक्तामलुङ गाउँपालिका–२ निवासी ३८ वर्षीय योगेश भन्ने यामबहादुर लिम्बूलाई सार्वजनिक गरिएको छ ।

बम विस्फोटको जिम्मा कसैले नलिए पनि झापामा पटक–पटक शृङ्खलाबद्ध बम विस्फोट हुँदै आएको थियो । पछिल्लो समय बिर्तामोड नगरपालिका–२ चारपानेमा रहेको सहारा नेपाल सरकारी संस्था र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले चढ्ने बा२झ २५७० नंको गाडीमा बम विस्फोट भएको थियो ।

उक्त बम विस्फोटसमेत विप्लव समूहले गराएको आशङ्कामा प्रहरीले विप्लव समूहका कार्यकर्ताको खोजी तीव्र बनाएको थियो । सोही क्रममा प्रहरीले बिर्तामोडबाट जिल्ला सेक्रेटरीसहित तीन जनालाई पक्राउ गरेपछि उक्त विस्फोटका घटना विप्लव समूहले नै गराउँदै आएको प्रहरीले दाबी गरेको छ ।

पछिल्लो दुई महीनाको अवधिमा विप्लव समूहका कार्यकर्ताले जिल्लाको बिर्तामोड, भद्रपुर, दमक, गौरदाह, अर्जुनधारालगायत क्षेत्रमा रहेका वडा कार्यालयको भवन, एनसेल टावर र सहकारीको भवनमा समेत बम विस्फोट गराएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।

भदौ २२ गते मध्यरातमा बम विस्फोट हुँदा गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको बा२झ २५७० नंको बोलेरो गाडी पूर्णरुपमा क्षति भएको छ ।

यता सोही राति बिर्तामोड नगरपालिका–२ स्थित चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनअगाडि शक्तिशाली बम विस्फोट गराउँदा भवनको झ्यालको सिसा फुटेको, सुरक्षागार्ड बस्ने पोस्ट भत्किएको र सहकारीको भवन नजिकै रहेको मे१च १८५१ नंको गाडीको सिसा फुटेको थियो ।

गत साउन २७ गते बिर्तामोड–८ स्थित बिर्तामोड नगरपालिका–७, ८ र ९ संयुक्त वडा कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको थियो । वडा कार्यालयमा भएको विस्फोटबाट कार्यालय भवन भत्किनाका साथै कार्यालयका सम्पूर्ण कागजात जलेर नष्ट भएको थियो ।

त्यस्तै विप्लव समूहले भद्रपुर, अर्जुनधारा र दमकमा रहेको एनसेल टावरमा विस्फोट र आगजनीको प्रयास गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चन्द समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले मुलुकी अपराधसंहिता २०७४ को हातहतियार खरखजाना, विस्फोटक पदार्थ, राज्यविरुद्धको कसुर, चन्दा, सङ्गठित अपराधसम्बन्धी मुद्दा चलाएर कारवाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रनाउ श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ८ : ४८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन